नुवाकोटको पञ्चकन्या गाउँपालिकामा आइतबार सार्वजनिक बिदा

कार्तिक २६, २०७९ मा प्रकाशित | 216 views

त्रिशुली । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा भोलि आइतबार सार्वजनिक बिदा दिइएको छ ।

पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ मा रहेको पञ्चकन्या मन्दिरमा लाग्ने पाँचकन्या मेलाको अवसरमा आइतबार स्थानीय पर्व बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेले जानकारी दिनुभएको छ ।

गाउँपालिकाभर रहेका वित्तीय संस्था, सरकारी कार्यालय, संस्थागत तथा सामुदायिक विद्यालय, निजी प्रतिष्ठान, उद्योग, व्यवसाय तथा दैनिक रुपमा खुला रही व्यावसायिक कार्य गर्ने सम्पूर्ण निकायका लागि भोलि आइतबार स्थानीय पर्व बिदा दिएको गाउपालिकाले सार्बजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

पञ्चकन्या मन्दिरमा परापूर्वकालदेखि हरेक वर्ष मार्ग कृष्ण चतुर्थी र पञ्चमीको दिन भव्य मेला लाग्ने गर्दछ । पहिलो दिन चतुर्थीमा स्थानीय झाँक्री नाँच, मन्दिरमा पूजापाठ, बत्ति बाल्ने, सांगीतिक कार्यक्रम र दोस्रो पञ्चमीको दिनमा बलि चढाइने चलन रहेको छ । मन्दिरमा पूजापाठ र भाकल गरेमा भलो हुने र मनले चिताएको पुग्ने स्थानीयको जनविश्वास रहदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

© 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web