नेपालले जित्यो १५ वर्षमुनिको साफ महिला च्याम्पियनशिपको उपाधि

कार्तिक २५, २०७९ मा प्रकाशित | 293 views

काठमाडौँ । बङ्गलादेशलाई हराउँदै नेपालले १५ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिकाे जितेकाे छ । आज शुक्रवार ढाकामा बङ्गलादेशसँग एक–एक गाेलकाे बराबरी खेल्दै नेपालले उपाधि जितेकाे हाे ।

नेपालका लागि सुशीला केसीले खेलकाे १४ औँ मिनेटमा गाेल गरिन् । पहिलाे हाफमा नेपाल एक–शून्यले रह्याे । तर खेलकाे ५४ औँ मिनेटमा रुमा अख्तेरले गाेल गर्दै बङ्गलादेशलाई एक–एक गाेलकाे बराबरीमा ल्याइन् । त्यसपछि खेलकाे ८९ औँ मिनेटमा बङ्गलादेशले पेनाल्टी पाए पनि नेपालकी गाेलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् ।

याे बराबरीसँगै नेपालले चार खेलमा १० अङ्क जाेड्याे । अङ्क तालिकाकाे शीर्ष स्थानमा रहेकाे नेपालले उपाधि जितेकाे हाे । बङ्गलादेश चार खेलमा सात अङ्कसहित उपविजेता बन्यो ।

डबल राउन्ड रोबिनका आधारमा भएको प्रतियाेगितामा नेपालले यसअघि पहिलाे खेलमा भुटानलाई सात–शून्य, दाेस्राे खेलमा बङ्गलादेशलाई एक–शून्य गाेल अन्तरले हराएकाे थियाे । अर्को खेलमा नेपालले भुटानलाई एक–शून्य गाेल अन्तरले हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web