भुवन केसीलाई सोध्यो आयोगले स्पष्टीकरण

कार्तिक २४, २०७९ मा प्रकाशित | 319 views

काठमाडौँ । निर्वाचन आयाेगले चलचित्र विकास बाेर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण साेधेकाे छ । प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले आज बिहीवार चलचित्र विकास बाेर्डका अध्यक्ष केसीलाई स्पष्टीकरण सोधेको हाे ।

नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीको चुनाव प्रचारप्रसारमा सहभागी भएकाेबारे गम्भीर ध्यानाकर्षण भएकाे भन्दै आयोगले स्पष्टीकरण साेधेकाे छ । सरकारी पदमा बहाल रहेको व्यक्तिले जानाजान चुनावमा उम्मेदवार रहेका व्यक्तिको प्रचारप्रसार गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा ४४ बमोजिम विभागीय कारबाहीसमेत हुनसक्ने आयाेगले जनाएकाे छ ।

सरकारी पदमा बहाल रहेकाे व्यक्ति कुनै दलका उम्मेदवारको चुनाव प्रचारप्रसारमा सहभागी हुने काम निर्वाचन आचारसंहिता २०७९ को प्रतिकूल हुने भएको भन्दै आयाेगले यस विषयमा स्पष्टीकरण पेस गर्न भनेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web