निर्वाचन अवधिभर रसुवा जिल्लामा मदिरा बिक्री वितरण गर्न रोक

कार्तिक २४, २०७९ मा प्रकाशित | 250 views

रसुवा । निर्वाचन अवधिभर रसुवा जिल्लामा मदिरा बिक्री वितरण गर्न रोक लगाइएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न भन्दै सोमबारदेखि लागू हुने गरी मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।
मदिरा सेवनका कारण मतदाता, मतदान सम्बन्धी गतिविधि र निर्वाचन प्रचारप्रसारमा असर गर्ने भएकाले निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभएको छ ।

निर्वाचन आचारसंहिता कडाईका साथ पालना गराउन मदिरा बिक्री वितरण र सेवन कार्य नगर्न/नगराउन भन्दै जिल्ला प्रशासन कार्यालय रसुवाले सूचना जारी गरेको छ । नियमविपरीत मदिरा बिक्री वितरण गरेमा तथा सेवन कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web