त्रिशुली । आगामी आम निर्वाचन गराउन नुवाकोटको लागी खटिने कर्मचारीको विवरण सार्वजनिक गर्दै आजदेखि नियुक्ती दिन लागिएको छ ।
१ नंं. निर्वाचन अधिकृतको कार्यालय यही आइतबार नामावली सार्वजनिक गरेको हो भने मुख्य तथा २ नं. निर्वाचन अधिकृतको कार्यालयले हिजो सोमबार नामावली सार्वजनिक गर्दै आजदेखि नै नियुक्त दिन लागेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार आज २२ गते मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई नियुक्ती दिन लागिएको छ भने सहायक र सहयोगी पदका कर्मचारीको लागी भोलि कात्तिक २३ गते नियुक्त दिन लागिएको छ ।
यसैगरी, निर्वाचनमा खटिने कर्मचारीहरुको लागी १ नंं. निर्वाचन अधिकृतको कार्यालयले यही कात्तिक २३ र २४ गते दुई दिन तालिम दिन लागेको छ भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले २ नं. निर्वाचन क्षेत्रमा खटिने कर्मचारीको लागी यही कात्तिक २५ गतेदेखि २६ गते तालिम दिने कार्यतालिका सार्वजनिक गरेको छ ।
एक मतदान केन्द्रको लागी कम्तिमा आठ जनाको दरले कर्मचारी खटाउन लागिएको छ । कर्मचारी खटाउदाँ सकेसम्म नेपाल सरकार, प्रदेस सरकार र स्थानीय तहमा कार्यरत स्थायी कर्मचारी र अपुग भएको स्थानमा विश्वविद्यालय तथा सामुदायिक विद्यालयका स्थायी शिक्षकहरुलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतको रुपमा खटाइएको छ ।
शिक्षकहरुलाई खटाइएको ठाँउमा सरकारी कर्मचारीलाई समेत समावेश गरेर खटाइएकाले यसअघिको जस्तो कर्मचारी परिचालनमा समस्या र विवाद उत्पन्न नहुने विश्वास गरिएको छ ।
26.4¡ÆC