प्रधानमन्त्रीलाई सरकारी खर्चमा डडेलधुरा जान आयोगको रोक

कार्तिक १६, २०७९ मा प्रकाशित | 215 views

काठमाडौँ । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी खर्चमा डडेलधुरा जान रोकेको छ ।

कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा सरकारी खर्चमा चुनाव प्रचारप्रसारका लागि डडेलधुरा जान लागेको भन्दै आयोगले सरकारी खर्चमा जान रोकेको हो । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले देउवाको डडेलधुरा यात्रा अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको थियो ।

आयोगले पत्रको सम्बोधन गरी सरकारी खर्चमा प्रचारप्रसारमा जान नपाइने आचारसंहिता स्मरण गराएको हो । सरकारी स्रोतसाधन प्रयोग गरी प्रधानमन्त्री देउवा डडेलधुरा जान खोजेकोमा रोक लगाएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

डडेलधुरा देउवाको निर्वाचन क्षेत्र हो । भोलिदेखि हुने चुनावी कार्यक्रममा सहभागी हुन उहाँ आज डडेलधुरा जाने तयारी थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web