नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु

अशोज ३०, २०७९ मा प्रकाशित
Published at 2022-10-16

106 views

कास्की । पाेखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीकाे ज्यान गएकाे छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङकाे क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परि ज्यान गएकाे छ ।

आज आइतवार पाेखराकाे सराङकाेटमा आकाशमा उडिरहेकाे अवस्थामा प्याराग्लाइडिङ जमिनमा खस्दा थापा पाेखरा–१० अस्पताल चाेकका २६ वर्षीय थापा गम्भीर घाइते भएका थिए । उपचारका लागि सृजना चाेकमा रहेकाे मेट्राे सिटी अस्पताल पुर्‍याइएकाेमा उपचारका क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिनुभयाे ।

उनी त्रिभुवन आर्मी क्लबबाट प्याराग्लाइडिङ पाइलट क्रसकन्ट्री इभेन्टमा सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.