‘नुवाकोट युनाईटेड फुटबल क्लब’लाई विदुर नगरपालिकाबाट ढेडलाख सहयोग

अशोज २९, २०७९ मा प्रकाशित | 264 views

त्रिशूली । शहिद स्मारक ‘सि’ डिभिजनको छनोटको लागी प्रतिस्पर्धा गर्ने नुवाकोटको ‘नुवाकोट युनाईटेड फुटबल क्लब’लाई विदुर नगरपालिकाले एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

‘सि’ डिभिजनको प्रतिस्पर्धाको लागी जान लागेको क्लब र त्यसमा आबद्ध खेलाडीलाई आज बिदाई गर्न आयोजित कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठले नगरपालिकाको तर्फबाट एक लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

नुवाकोटमा रहेको क्लबलाई ‘सि’ डिभिजन क्लबको लागी छनोट हुन पाउने खेल खेल्नु महत्वपूर्ण अवसर भएकाले यसमा उच्च मनोबलको साथ सफलता हासिल गर्ने गरेर प्रतिस्पर्धा गर्नको लागी नगरप्रमुख राजन श्रेष्ठले आग्रह गर्नुभएको छ ।

बट्टारमा आयोजित कार्यक्रममा विदुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष दिपक कायस्थ, वडा नं .४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, एन्फा नुवाकोटका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web