
त्रिशुली । सामरी कल्लाबारी डोजोको आयोजनामा नुवाकोटमा सम्पन्न ‘प्रथम बागमती प्रदेशस्तरीय कराते प्रतियोगिता’मा आयोजक नुवाकोट टिम प्रथम भएको छ ।
यही असोज २५ र २६ गते दुई दिन सञ्चालन भएको प्रतियोगितामा नुवाकोटले १३ स्वर्ण, १० रजत र १७ काँस्य गरेर कुल ४० पदक सहित बागमति प्रदेश च्याम्पियन भएको अन्तर्राष्ट्रिय रेफ्री तथा प्रतियोगिताको बरिष्ठ जुरी राम लामाले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार सिन्धुपाल्चोकले चार स्वर्ण र चार काँस्य सहित आठ पदकको दोश्रो स्थान र काठमाडौले तीन स्वर्ण, एक रजत र आठ काँस्य सहित १२ पदकको साथ तेश्रो स्थान हासिल ग¥यो ।
प्रतियोगितामा ललितपुरले १० पदक, धादिङले नौ पदक, भक्तपुर र रसुवाले चार–चार पदक जितेको सितोरियो कराते नुवाकोटका प्रमुख प्रशिक्षक उत्तम राईले जानकारी दिनुभएको छ ।
पदक विजेता खेलाडीलाई म्यागङ गाउपालिका अध्यक्ष आशा तामाङ, उपाध्यक्ष सीता वाइवा सहित खेल क्षेत्रको विभिन्न पदमा रहेका अतिथीहरुले शिल्ड, मेडल, पदक सहित समानपत्र प्रदान गरेका थिए ।