हामीले सफलता वोगटीलाइ किन भोट दिनुपर्छ भने मैले अबका दिनहरुमा नुवाकोट वा नेपालभरीका युवाहरुले राजनीतिक आर्थिक सामाजिक शैक्षिक आदि क्षेत्रहरुमा नेतृत्व गर्न साहास गर्छन भन्ने उच्च उदाहरण दिन खोजेकी छु । म एउटी नारी भएर अवला दयामाया ममता सहानुभुति कमजोर बनेर मत माग्ने पक्षकी मान्छे होइन । म एउटा उदाहरणीय नुवाकोट बनाउन सक्ने योजनाकार हो, कुटनीतिज्ञ हो, सामाजिक इञ्जिनीयर हो । म ‘झुपडीकी रानी पनि होइन र दरवारकी दासि पनि होइन, म नेपाल कै स्वाभिमानी नारी हो ।’ म म जस्ता लाखौ दिदि बहिनीहरुलाइ हाम्रो समाजको खराव जन्जिरवाट मुक्त गराउन राजनीतिमा आएकी हो ।
मेरो जिवनकै सबै भन्दा शोखको विषय भनेकै राजनीति हो । किनभने राजनीतिकै कारण मात्र विश्वमा विकसित देशहरु बनेका छन र नेपाल जस्तै संसार कै पाँचौ गरीब मुलुक पनि बनेको छ । सफलता बोगटीको नेतृत्वमा अब नेपाल उन्नती प्रगती सम्बृद्धि बैभव र गौरवको महापदयात्रामा हिड्नेछ । अबका हाम्रा युवा र नवयुवाहरु दुनियाका आधुनिक दास (हेर्नुहोस कान्तिपुर : २०७९ । ६ । २४ : आधुनिक दासता ) बन्नु पर्दैन । हाम्रा युवाहरु दुनिया कै आश लाग्दा, भरपर्दा, रहर लाग्दा, विश्वासिला, जताजतै सम्मानीत बनाउने छु । सुन्दर नुवाकोट बनाउन तपाइको १ भोट नै मलाइ काफि हुन्छ ।
मलाइ यी २ वटा गितहरु नेपालीहरुलाइ नै लेखिएको हो जस्तो लाग्छ :
१. जान्छु विदेश उडेर अकाशमा, लास बनेर फर्कन्छु बाकसमा, नरौ मायालु ।
२. जता हिड्यो बाटो छ भिरैभिर, जति सम्भव मनभरी पिरै पिर, नरौ मायालु । अब यी गितका पनि दिन जान्छन ।
मेरा स्थानीय एजेण्डाहरु :
१. विश्वमा विकास कसरी गर्ने भन्ने धेरै नमुना वा मोडलहरु छन । तर यी ५ वटा चाहि महत्वपुर्ण मानिन्छन । . Small is Beautiful Development Approach, Big Bang Development Approach /Theory, Bottom to Top Development Approach, Top to Bottom Development Approach and People Participation Development Approach .
माथिका सबै नुवाकोटको विकासलाइ सुहाउने मोडलहरु हुन । तर नुवाकोट बासिहरुले यी मोडलहरु आफैले लागु गर्नुपर्छ । कसरी लागु गर्ने नीति तथा कार्यक्रम बनाउने रणनीति र कार्यदलका बारेमा प्रशिक्षण चाहि नुवाकोट निर्वाचन क्षेत्र न १ का संघीय संसदले दिनेछन ।
२. मैले निर्वाचन क्षेत्र न : १ का सातवटै गाऊपालिकाहरुमा एउटा एउटा Local Economic Growthing Centre खोल्छु । जस्तो ककनीमा १०,००० रोपनीमा चिया तथा कफि बगान स्थापना गर्छु तर यसको सबै फायदाहरु स्थानीय घरधुरीहरुले पाउने छन । यस्तै अरु गापाहरुमा कसैमा १० हजार गाइ पाल्ने गाइ फार्म खोल्छु, कसैमा आलुखेति तथा प्रशोधन केन्द्र खोल्छु । तर यी सबैको अनुगमन मुल्याङ्कन र फायदाहरु चाहि स्थानीय समुदायको मात्र हुनेछ ।
३. छहरे टोखा सुरुङ्ग मार्ग मेरो प्रथामिकतामा पर्नेछ । छहरे देखि विदुर सम्मको स्थानमा म सेटालाइट सिटी बनाउने छु । तर यो शहर सरकारले बनाउने हुनाले सर्वसाधारणलाइ मात्र शहरमा बस्ने सुविधा हुनेछ । शहरका घरहरु किनबेच हुने छैनन् ।
४. प्रत्येक वडाहरुबाट ५-५ जना विद्यार्थीहरु डक्टर नर्स स्टकचरल इञ्जिनियर पाइलट चाटर्र एकाउण्टेन कृषि इञ्जिनियर भेटनरी डक्टर आदिमा सरकारको छात्रावृद्धिमा पढ्ने व्यावस्था मिलाउनेछु ।
५. प्रत्येक घरलाइ केन्द्रित गरेर १० वर्षमा एक घरको बैंक खातामा कम्तिमा पनि ५ देखि १० करोड सम्म वचत गर्ने प्रणालीको विकास गर्छु ।
६. आर्य क्षेत्री नेवार तामाङ्ग जातिहरुका भाषा संस्कृती र परम्परालाइ सम्रक्षण सम्बर्धन र प्रर्वधन गर्दछु । छुवाछुत मुक्त नुवाकोट बनाउनेछु । सातैवटा गापाबाट प्रत्येक ६-६ महिनामा ५-५ वस नागरिकहरु चिन भारत बंगलादेशको विकास अवलोकन गर्न लैजानेछु । यसमा को को जाने भन्ने मापदण्ड लागु गरिनेछ । ( कान्तिपुर, २०७९ । ०२ । २९ : ती व्यक्ति बेलकोट नगरपालिका–१३ घलेगाउँका ४३ वर्षीय माइला विक हुन् भन्ने पहिचान भयो । बिहान ११ बजे माइला टावरमा चढेका थिए, साढे सात घण्टासम्म उनी माथि नै थिए । साँझ ६स्५० बजे सेनाको टोलीले उनलाई तल उतार्यो ।
जसले साँझ ८ बजेसम्म करिब ६५ मेगावाट बिजुली प्रसारण अवरोध भयो । बिजुली आपूर्ति रोकिएपछि प्रतिघण्टा करिब १० लाख रुपैयाँ बराबर घाटा भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । ‘माथिल्लो त्रिशूली–३ ए र अर्को ५ मेगावाट जति सानो आयोजनाको बिजुली उत्पादन दिनभरजसो रोकियो, जसकारण प्राधिकरणलाई १ करोडभन्दा बढी घाटा भएको हाम्रो अनुमान छ । )
यी शाहासि र धनि नुवाकोटे पनि यात्रामा जान सक्छन । किनकि यीनले दैनिक रु. १ करोड घाटा पार्नु र पनि कुनै कानुन नलाग्नु आफैमा नुवाकोटे साहासि कदम हो । उहाँले एकै दिनमा नुवाकोटलाइ सिएनएन, विविसी जस्ता विश्व प्रसिद्ध संचार माध्यमवाट नुवाकोटलाइ विश्वभर चिनाउनु भयो ।
७. त्रिशुली नदिबाट सर्बसाधारणहरुका लागि नारायणघाट सम्म जान सक्ने लघु जल यातायात शुरु गर्छु ।
८. समग्रमा नुवाकोटको विकास भनेको नुवाकोटका सबै जनताहरुमा गरीबिका बहुआयमिक सुचाङ्कहरु पुरा गराइ दिनु नै हो । यो काम भयो भने हामी सबै जनताहरु धनि बन्छौ । तर, यो काम गर्न सक्ने एक मात्र यस सम्बन्धि जानकार उम्मेद्धार भनेको म वा सफलताजी मात्र हो ।
९. नुवाकोटमा विस २०३८ साल देखि पिएचडी होल्डरहरुले निर्वाचित जन प्रतिनिधिहरु भएर काम गरीरहेका छन । यो ४० वर्ष २÷४ जना नेताहरुले नुवाकोटको शासन गरेका छन । म त जितेको १ वर्षमा जन प्रतिनिधि भनेको यस्तो पो हुनुपर्छ भन्ने विकास गराउदछु । यसको आधार भनेको मसंग भएका नुवाकोट विकासका एकिकृत योजना कार्यक्रम परीयोजना साथै नीति रणनीति र कार्यदल हुन ।
१०. मैले प्रतिनिधि सभाको संसद जिते पछि संसद क्षेत्र विकास कोष भनेर रु. ४ करोड पाइन्छ । यो सबै रकमहरु म कलेजमा विद्यार्थी संसद र विकास रणनीति सिकाउन खर्च गर्छु । यो रणनीति सिकेका जनशक्तिले नेपाल त के विश्व वनाउन सक्नेछ ।
११. मेरा नुवाकोटका प्यारा भाइ बहिनाहरु, मेरा फेसबुक र अन्य घोषणा पत्रहरु पनि हेर्नोस, त्यहाँ मैले लेखेका सबै कुराहरु पुरा गर्छु तर तपाइहरुले मलाइ जनप्रतिनिधि बनाउने देखि भोलिका ५ वर्ष पनि साथमा साथ र काँधमा काँध दिनु पर्छ है । त्यपछि बन्छ हाम्रो सपनाको संसार जस्तै नुवाकोट कसैले रिस डाहा गरेर हूनेवाला केही छैन नुवाकोट ।
१२. आखा चिम्लेर लौरोमा भोट हाल्ने हो । आफ्नो भविष्य हामी सबै मिलेरै बनाउने हो । तपाइ र म नै नुवाकोट बनाउन सकिन्दैन भनेर भन्न थाल्यौ भने हामी अरवका दास, भारतका बाहादुर र चौकिदार, बेलायतका भाडाका सेना नवनेर के चाहि बन्ने हो त ।
१३. गरीबिबाट मुक्त हुन चाहानेहरुले मलाइ भोट हाल्नोस । समाजमा अब पनि पिल्सेरै बस्ने हो भने जसलाइ भोट हाले पनि भयो । म त विकसित नुवाकोट बनाउने योजनाहरुसंग आएकी छु । म आफ्नो नुवाकोट बनाउने अडानमा तलमाथि हुन्न । म एक बचनवाला मान्छे हो नुवाकोट बनाउछु भने पछि बनाउछु बनाउछु । बरु मर्न तयार हौला तर नुवाकोट बनाउदछु ।
१४. निर्वाचन क्षेत्र न : १ र २ का १० वटा गाऊपालिकाहरुको विजोग देखेर एउटा विदेशि हाँसेको थियो अरे । म त्यो विदेशि फेरी आउदा हाम्रो विर नुवाकोटेहरुको साहास उन्नती पराक्रम बैभव र गौरव देखेर ह्वाह्वा रुने बनाइ दिनेछु ।
१५. छिमेकी विहारी राजनीतिको प्रभावबाट नुवाकोटको राजनीति अलग गरीनेछ । नुवाकोटवासिहरुको, नुवाकोटवासिहरुकालागि, नुवाकोटवासिहरुले नै नुवाकोटको शासन सत्ता संचालन गर्नेछन ।
लिखु ककनी पञ्चकञ्या तादि सुर्यगढी शिवपुरी र दुप्चेश्वर यी ७ पालिकालाइ एकिकरण गरी नयाँ नुवाकोटको पुर्नजागरण गराइनेछ । यी सात लघुराज्यहरुमा आधुनिकताको नयाँ प्राण प्रतिष्ठान गर्न यहाँ विकासको एउटा नयाँ दिशा, एउटा नयाँ दर्शन, एउटा नयाँ आदर्श र एउटा नयाँ मान्यताको शूरुआत हुनेछ ।
इतिहाँसमा के लेखिनेछ भने नयाँ नुवाकोटको इतिहाँस यस नुवाकोटका वासिन्दाहरुले विस २०७९ साल मंसिर ४ गते आइतवारका दिन देखि शुरु गर्नु भएको प्रमाण भेटियो ।
१६. मैले के के गर्नु पर्छ भन्ने स्थानीय योजनाहरु बनाउदा म स्थानीयहरु कै सल्लाह लिन्छु किनभने मैले सोचेका भन्दा सयौ गुण उत्तम योजनाहरु बनाउन सक्ने मान्छे भनेका नुवाकोटका नागरिकहरु हुनुहुन्छ । स्थानीयहरुको साथ र सल्लाह बेगरको योजनाले मेरो जन्मभुमि नुवाकोट विश्व कै हिरो नुवाकोट बनाउन सकिन्दैन । म विकास योजनाहरुका खात लगाइ दिन्छु सबै मिलेर क्रमस : पुरा गर्दे जानुपर्ने हुन्छ । नुवाकोट आज सम्म किन बन्न सकेन भन्दा पनि अव कसरी बनाउने भन्ने सवाल चाहि उत्तम हो ।
आदरणिय नुवाकोटवासि मित्रहरु, यो पोष्टलाइ शेयर पनि गरिदिनु भए हामी सबैजना नुवाकोट बनाउने सुनौलो अवसरमा सहभागि बन्ने थियौ ।
19.12¡ÆC