शेयरमा १० लाख बढीको लगानीमाथि छानवीन हुने

असार २९, २०७३ मा प्रकाशित
Published at 2016-07-13

547 views

२९ असार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले शेयर बजारमा शेयर किनबेचमा भएका १० लाख रुपियाँभन्दा बढीको लगानीको छानवीन गर्ने निर्णय गरेको छ ।

शेयर किनबेचमा कालोधन लगानी हुने गरेको भन्ने आशंका गरिंदै आएको परिप्रेक्ष्यमा बुधबार बसेको बोर्ड संचालक समितिको बैठकले त्यस्तो निर्णय गरेको हो ।

लगानीकर्ताहरुले शेयर किनबेच गर्दा लगानी गरेको १० लाख रुपियाँभन्दा बढी रहेको लगानीको छानबीनका लागि बिहिबार एक समिति गठन गरिने नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेबतबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यसरी गठन गरिने समितिले शेयर बजारमा शेयर किनबेच गर्दा लगानी गरेको १० लाख रुपियाँभन्दा बढीको रकमको विस्तृत छानवीन गरी एक महिनाभित्र सुझाव सहितको प्रतिवेदन बोर्डमा पेश गर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष कार्कीले समितिबाट प्राप्त हुने निष्कर्ष सहितका सुझावहरुका आधारमा बोर्डले त्यस सम्बन्धमा आवश्यक कदम चाल्ने पनि स्पष्ट गर्नुभयो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.