नुवाकोट क्षेत्र नं.१को स्वतन्त्र उम्मेदवार सफलता बोगटीको ६ नं.प्रतिबद्धता-पत्र सार्वजनिक

अशोज ७, २०७९ मा प्रकाशित
Published at 2022-09-23

230 views

खरानीटार । आगामी आम निर्वाचनमा नुवाकोट–क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारको घोषणा गर्नुभएका सफलता बोगटीले आफ्नो प्रतिबद्धता पत्र नं ६ असोज ७ गते शुक्रबार सार्वजनिक गर्नुभएको छ । उहाले आगामी निर्वाचनसम्म क्रमशः प्रतिबद्धता पत्र बाहिर ल्याउने क्रममा यसअघि ७ नं र ४ नं. प्रतिबद्धता पत्र बाहिर ल्याउनुभएको थियो भने अहिले प्रतिबद्धता पत्र नं. ६ सार्वजनिक गर्नुभएको हो । उहाँले ६ नं प्रतिबद्धता पत्रमा राजनीतिको समसामयिक विषयवस्तुमाथीको टिप्पणी तथा विश्लेषण गर्नुभएको छ ।
प्रस्तुत छ उहाँको प्रतिबद्धता पत्र जस्ताको तस्तै :


सफलता बोगटी
नुवाकोट निर्वाचन क्षेत्र न : १
प्रतिनिधिसभा सदस्यको स्वातन्त्र उम्मेद्धार

अमेरिकी मत सर्बेक्षणहरुले मतदाताहरुले किन मतदान गर्छन भन्ने बारेमा ४ आधारहरु प्रस्तुत गरेको पाइन्छ । मतदाताहरुले अनुभवका लागि भोट, निरन्तरताका लागि भोट, सुविधाका लागि भोट र नयाँका लागि भोट दिने गरेका छन । अहिले नेपालको निर्वाचन माहौल नयाँका लागि भोट जस्तै छ ।

मैले निर्वाचन क्षेत्र केन्द्रित घोषण पत्रहरु प्रकाशन गरी रहेकी छु । तर संघीय संसदले स्थानीय राष्ट्रिय र अन्तराष्ट्रिय नीति र कार्यक्रमहरु बनाउने हुनाले त्यता पनि म केन्द्रित हुनेछु । म्यासेनजरबाट सल्लाह दिनु हुने महानुभवहरुलाइ पनि धेरै धन्यवाद दिन चाहान्छु ।

र फेरी पनि भन्छु म एक्लैले होइन हामी सबै नुवाकोटबासिहरु मिलेर अगाडी वढ्ने हो भने नेपालको सपनाको जिल्ला नुवाकोट टाढाको कुरा हुने छैन ।


घोषणा पत्र न : ६
मैले नुवाकोट जिल्लाको निर्वाचन क्षेत्र न : १ बाट लौरो चुनाव चिन्हमा प्रतिनिधि सभा सदस्य पदमा जिते पछि म नुवाकोटमा तपाइहरु कै साथ र सहयोगमा यी कामहरु गर्छ ।

१. १० /१० घरको जिम्मा जमानीमा नगदे खेती बालि प्रणालीको शुरुआत गर्छु । जसबाट आर्जन भएको रकम १० घरको सम्पति हुनेछ । यस्ता बालिमा चिया वगान, कफि बगान, अलैची खेती, बाँसघारी बगान र तामा उत्पादन आपघारी, मेवाघारी, मरीच खेती, अदुवा वगान, किवि फल वगान, पानी प्रशोधन केन्द्र, ताइचन धानको चिउरा मिल, विसाल जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र आदि पर्नेछन । यी सबै काम प्रविधि माध्यमद्धारा गरीनेछ । भारतको पञ्जाब हरियाणा र राजस्थानले भारतको कुल अन्नको ६० प्रतिशत उत्पादन गर्छन । कृषि क्रान्ति पछि नुवाकोटले धेरै अन्न फलफुल सागपात उत्पादन गर्छ ।

२. १० / १० घरको जिम्मा जमानीमा रहने गरी पशुपालन केन्द्र बनाउदछु । यस विसाल फर्ममा गाइ भैसि बाख्रा भेडा कुखुरा सुगुर खरायो हाँस माछा सर्प स्याल आदिको पालन गरीनेछ । यी सबै काम प्रविधि माध्यमद्धारा गरीनेछ ।

३. प्रत्येक विद्यालयमा ६ भाषाहरु लेखन बोल्न पढ्न र अरुले भनेको बुझ्ने कक्षाहरु संचालन गरीनेछन । नेपाली तामाङ्ग अंगे्रजी हिन्दी चाइनिज र संस्कृत भाषाहरु । यि भाषा सिके पछि हाम्रा भाइ बहिनी छोराछोरीहरुले विश्वसंग सम्बन्ध वढाउन सक्नेछन ।

४. सबै स्थानीय सरकारहरुले १ जना डक्टर र २ जना नर्सलाइ स्थानीय सबैका घरघरमा गएर वर्षमा २ पटक स्वास्थ्य जाँच गराउने नियम लागु गराउनेछु । दाँत दुखेको, ढाड दुखेको, कम्मर दुखेको, जिउ झम्झमाउने, खाना रुचि नहुने, फनफनी रिंगटा लाग्ने, ढ्याऊ ढ्याऊ आउने, भुडी कराउने, कान कम सुन्ने, रिस मात्र उठ्ने, अल्छि लाग्ने, अरुको कामको रिस र डाहा मात्र गर्ने आदिका साथै ठुलाखाले रोगहरुको पनि निः शुल्क उपचार हुनेछ ।
५. कक्षा ८, ९, १०, ११, १२ र स्नातकतहमा विद्यार्थी संसदको पाठ्यक्रम लागु गर्नेछु ।

६. सातवटै गाउपालिकालाइ घरेलु महिला हिंसा मुक्त परीवार बनाउनेछु । यसका लागि छोरी बुहारी समुहहरु र शाशुमा समुहहरु गठन हुनेछन । नुवाकोट वाल श्रम मुक्त जिल्ला बनाउनु पर्छ ।

७. प्रत्येक १०/ १० घरका लागि एउटा एउटा लुगा धुने मेसिन राख्नेछु । सबैले मेसिनमा पालैपालो लुगा धुनु पर्नेछ । नुवाकोटमा ढाड दुख्ने गरी सावन दलिदलि लुगा धुने दिन गए ।

८. गाऊमा कसैका घरमा मरीमराऊ भएमा मृतकको काजक्रियामा लाग्ने सबै खर्चपात दान दक्षिण स्थानीय सरकारले नै व्याहोर्ने छ । प्रत्येक गाउपालिकाले २ जना पण्डित पुरोहित लामा गुवाज्यूहरुलाइ तलव दिएर राख्नु पर्नेछ । उनिहरुले यजमानहरुको घरमा सस्तो दर रेटमा पुजादी गर्नु पर्नेछ ।

९. सातैवटा गाऊपालिकामा खाद्यय बैंकहरु र विऊ बैंकको स्थापना गर्नेछु । खाद्यय बैंकमा गाउमा कसैले खाना नपाएमा खाद्यय बंैकले अन्न दिनेछ । कसैलाइ कुनै अन्नको विऊ चाहिएमा विऊ दिनेछ । २ वर्ष अगाडी नै रसायनिक मलको व्यावस्था गर्ने नीति बनाउदछु र लागु गर्नेछु । अस्ति असारमा मलको हाहाकार भएको तपाइले जस्तै मैले पनि कहाँ विर्सेकि छु र । कम्पोष्ट मलको कारखाना पनि खोल्छु र कार्यविधि बनाएर नि : शुल्क वितरण गर्छु ।
१०. गाऊमा एउटा आकस्मिक कोष स्थापना गर्नेछु । गाऊमा कसैका घर गोठ खेतबारीमा कुनै प्रकृतीक वा मानविय प्रकोप आइपरेमा यो कोषको रकम सहयोग स्वरुप खर्च गरीनेछ ।

११. अहिले भएका काम नलाग्ने रुख वा जंगल हटाएर ति स्थानमा अगर उड जस्ता १० वर्षमा नै करोडौ मुल्य दिने रुख रोप्ने छु । यी रोपीएका रुखहरु सबैका घरधुरी अनुसार भाग लाग्ने छन । सबै जंगलहरुमा फलफुलका वोटहरुको जंगल बनाउने छु । प्रत्येक १५/ १५ वर्षमा नयाँ जंगल बनाइनेछ ।

१२. गाऊका सबै दिदि बहिनीका हातबाट म हसियाँ खोस्छु, टाउकाबाट नाम्लो खोस्छु पिठ्युवाट दाउरा, मल, घाँस परालका भारी खोस्छु । दिदि बहिनीहरुको रातो दिनको बस्तु भाऊ, चुलो चम्का, बाख्रा बस्तु, अर्मपर्म, भुष खोले आदिको दिनचर्यालाइ प्रविधिमैत्री बनाउदै म मेरा गाउले दिदि बैनीहरुले परम्परागत प्रणालीबाट आधुनिक प्रणालीमा रुपान्तरण गर्छु ।

१३. म यी ७ वटै गाविसहरुलाइ तपाइहरुको सहयोग र साथमा
क. गरीवि मुक्त गाउपालिका घोषणा गर्छु । ख. महिलाहिंसामुक्त गाउपालिका घोषणा गर्छु ।
ग. रोगमुक्त गाउपालिका घोषणा गर्छु । घ. भोकमुक्त गाउपालिका घोषणा गर्छु ।
ङ. मातृशिशुमृत्युदरमुक्त गाउपालिका घोषणा गर्छु । च. वेरोजगारमुक्त गाउपालिका घोषणा गर्छु । आदि ।

१४. गाउमा विजुली पानी बाटोघाटो शान्ति सुरक्षा स्वास्थ्य शिक्षा संस्कृती उद्योगधन्दा कलकारखाना आदिका विकासका बारेमा म भन्दा त हजुरहरु नै जान्नु हुन्छ । म यी विषयहरुमा हजुरहरुसंगै बसेर काम अगाडी बढाउदछु । जे होस हामी सबै मिलेर नुवाकोटमा पानी विजुली शिक्षा स्वाथ्य कसरी नि : शुल्क बनाउन सकिन्छ भनेर छलफल गरौ । अरु विकास रणनीति चाहि तपाइहरु पनि थप्नुहोस । किनकि हामी सबैका विकासका चाहाना पुरा हुनुपर्छ मेरा मात्र होइन ।

१५. यस क्षेत्रवाट कलेजमा पढ्ने तपाइका छोरा छोरी र मेरा प्यारा भाइ बहिनीहरुको भविष्य म कदापि खेर जान दिनेछैन । मेरा भाइ बैनिहरुको भविष्य म विश्वस्तरको जनशक्ति बनाएर मात्र छाड्ने छु । उनिहरुले गरीविको कारणले इच्छा लागेको विषयहरु पढ्न सकेका छैनन् भने त्यसका लागि सरकारले सहयोग गर्ने वातावरण म बनाउदछु ।

१६. म वाइ फाइ फ्रि नुवाकोट बनाउदछु तर यसमा मलाइ सबैले साथ दिनु पर्छ । नुवाकोटलाइ विजुली र वाइफाइ फ्रि जिल्ला बनाउन सकिन्छ ।

१७.म नुवाकोटका सबै व्याक्तिका सबै परीवारका सबै वडाहरुका र सबै गापा र नपालाइ आधुनिक सोच र व्यावहारमा पुस्तान्तरण रुपान्तरण र हस्तान्तरण गर्न सक्छु ।

१८. म सफलता बोगटी यसै नुवाकोट जिल्ला लिखु गाउपालिका वडा न : ६ भट्टथोक बस्ने केशव बोगटीकी कान्छि छोरी हुँ । मेरो मामाघर पञ्चकन्या गापा हो र जेठा मामाको नाम केदार थापा हो । मैले पनि तपाइहरुले जस्तै यस स्थानमा उकाली ओराली भञ्ज्याङ्ग देउराली गर्दैछु । तपाइ जस्तै म पनि यस क्षेत्रका दुख र कष्ट, हैरानी र भुक्तानी चपाउदै र पचाउदै आएकी छु । यी ७ गाऊको विकास कसरी गर्न सकिन्छ भनेर मसंग यस्तै अरु पनि राम्रा योजनाहरु छन । तपाइहरुले मंसीर ४ गते लौरो चिन्हमा भोट दिएर जिताउनु भए पछि नुवाकोटमा विकास ढकमक्क फुल्नेछ र लटरम्म फल्नेछ । अनि त देखा जायेगा । नुवाकोटको विकास विश्वका लागि नमुना । धन्यवाद । मिति : २०७९ । ०५ । २०

मेरो फेस बुक : https://www.facebook.com/sucessfulbogati
सम्पर्क फोन : ९८४३०४७२६७

प्यारा नुवाकोटवासी सबै जनालाइ सेयर गरीदिनु होस है ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.