चाडपर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्ष स्थापना

अशोज ७, २०७९ मा प्रकाशित | 472 views

त्रिशूली । यात्रु वर्गलाई सहयोग र यातायात क्षेत्रलाई व्यवस्थित बनाउन नुवाकोटको मुख्य–मुख्य छ स्थानमा ‘यात्रु÷नागरिक सहायता कक्ष’ स्थापना गरिएको छ ।
यातायातमा आउजाउ गर्दा यात्रुलाई आइपर्ने समस्या समाधानको लागी बजार क्षेत्रको मुख्य दुईस्थान र बाहिर जिल्लासंग सीमा जोडिएको थप चार स्थानमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले स्थापना गरेको सहायता कक्षको आज (शुक्रबार) विदुरका नगरप्रमुख राजन श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले सयुक्त रुपमा सञ्चालनमा आएको घोषणा गर्नुभयो ।


बट्टार बजारमा रहेको सहायता कक्ष उद्घाटन कार्यक्रममा नगरप्रमुख श्रेष्ठले यातायात व्यावसायीलाई जिम्मेवार भएर सेवा पुराउन आग्रह गर्नुभयो ।
“चाडपर्वको समयमा गाडीहरुले बढी भाडा लिने र सिटसङ्ख्या भन्दाधेरै यात्रु राख्ने गरेको गुनासो आइरहेका छन् ।” उहाँले भन्नुभयो “व्यावसायिक मर्यादा कायम राखेर गुणस्तरीय सेवा प्रदान गर्न नगरको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने छौ ।”

May be an image of 2 people and people standing
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले चाडपर्वको समयमा हुनसक्ने आपाराधिक गतिविधि रोक्न, कमजोर वर्गलाई सहायता प्रदान गर्न र यातायात क्षेत्रको सेवालाई जिम्मेवार बनाउन सहायता केन्द्रको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय मार्फत सञ्चालनमा ल्याइएको यात्रु सहायता कक्ष जिल्लाको छ स्थान विदुर–२ बट्टारबजार सहित विदुर–१ ढुङ्गे, तादी–३ खरानीटार धादिङसंगको नाका बेलकोटगढीको तारुकाघाट तथा कठमाडौसंगको नाका ककनी र छहरेमा यात्रु सहायता कक्ष एकैसाथ सञ्चालनमा ल्याइएको छ ।

May be an image of 3 people and people standing

सहायता कक्षबाट यात्रुसंग सम्बन्धि सबै किसिमका सेवा उपलब्ध गराइने भएको छ भने यातायात क्षेत्रमा देखिएका विकृतिहरु भाडा बढी असुल गर्ने, तिव्र गतिमा चलाउने, यात्रुलाई दुव्र्यबहार गर्ने, गन्तव्यसम्म नपु¥याउने, यात्रुका धनमाल हराउने तथा क्षति पुग्ने, बालबालिका तथा ज्येष्ठ नागरिक एवम् अपाङ्गता भएका व्यक्तिहरुलाई आउजाउमा सहजिकरण गरिने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख (प्रहरी उपरीक्षक) रमेश पण्डितले जानकारी दिनुभयो ।
उहाँको अनुसार सहायता कक्षलाई आसन्न चाडपर्वसम्म निरन्तरता दिइने र त्यसपछि पुर्नविचार गरिने छ ।

May be an image of 2 people and people standing
“विशेष गरेर महिला तथा बालबालिकालाई बढी समस्या आउनसक्ने भएकाले केन्द्रमा महिला कर्मचारीलाई प्राथमिकता दिएका छौ ।” प्रहरी प्रमुख पण्डितले भन्नुभयो “सवारी दुर्घटना न्यूनिकरण र अपराध नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास छ ।”  सहायता केन्द्रमा प्रहरी सहित यातायात क्षेत्रका प्रतिनिधिहरुलाई समेत राखिएको छ ।

May be an image of 5 people and people standing

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web