स्वतन्त्र उम्मेदवार सफलता बोगटीको ४ नं. प्रतिबद्धता पत्र सार्वजनिक

अशोज ५, २०७९ मा प्रकाशित
Published at 2022-09-21

162 views

खरानीटार । आगामी आम निर्वाचनमा नुवाकोट–क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारको घोषणा गर्नुभएका सफलता बोगटीले आफ्नो प्रतिबद्धता पत्र नं ४ असोज ४ गते बुधबार सार्वजनिक गर्नुभएको छ । उहाले आगामी निर्वाचनसम्म क्रमशः प्रतिबद्धता पत्र बाहिर ल्याउने क्रममा यसअघि ७ नं प्रतिबद्धता पत्र बाहिर ल्याउनुभएको थियो भने अहिले प्रतिबद्धता पत्र नं. ४ सार्वजनिक गर्नुभएको हो । उहाँको ४ नं प्रतिबद्धता पत्रमा बहुआयमिक गरीबिका सूचाङ्कहरु शिर्षकको प्रतिबद्धतापत्र जारी गरिएको छ । प्रस्तुत छ उहाँको प्रतिबद्धता पत्र जस्ताको तस्तै : 


सफलता बोगटी
नुवाकोट निर्वाचन क्षेत्र न : १
प्रतिनिधि सभा सदस्यको स्वातन्त्र उम्मेद्धार

घोषणा पत्र न : ४
नुवाकोटबासी सबै जना आदरणीयज्युहरुमा मेरो नमस्कार साथै सेवा ढोग छ ।
मैले प्रतिनिधि सभा सदस्यको नुवाकोट जिल्लाको निर्वाचन क्षेत्र न : १ बाट चुनाव जिते पछि म यी सुचाङ्कहरु पुरा गराउन सक्छु तर साथ र सहयोग त तपाइहरु कै चाहिन्छ । विकसित आधुनिक औद्योगिक र लोकतान्त्रीक नुवाकोट बनाउन नेताहरु होइन तपाइहरु नै अगाडी बढ्नु पर्छ । नुवाकोट क्षेत्र नम्बर १ गरीवि मुक्त क्षेत्र यसरी बन्न सक्छ ।

बहुआयमिक गरीबिका सूचाङ्कहरु :
(Multi Dimensional Poverty Index : MPI)
नेपाल सरकारले तपाईको जीवनमा MPI (Multi Dimensional Poverty Index) का ५० वटा सूचाङ्कहरु पुरा गरी दिनेछ । यसलाई State Welfare Facilities पनि भनिन्छ । MPI Indicators UN and Oxford University ले World Bank को Poverty Index को विकल्पमा विकास गरेको Poverty measurement गर्ने tools हो । सदस्य राष्ट्रको हैसियतले नेपाल सरकारले यसमा हस्ताक्षर गरीसकेको हुनाले नुवाकोटका नागरिकहरुका लागि यी मागहरु नेपाल सरकारले पुरा गरीदिनु पर्ने हुन्छ । जन्ताहरुले यी मागहरु उठाउनु पर्छ ।

MPI का ३६ /५० वटा सूचाङ्कहरु यस प्रकार छन ।

१. जसले दैनिक १०० लिटर पानी खर्च गर्दैन भने त्यै हो गरीब
२. जसले दैनिक आधा लिटर दुध वा २०० ग्राम मासु खाँदैन भने त्यै हो गरीब
३. जसले दैनिक ८/ ८ घण्टामा ८/८ सय क्यालोरीको खाना खाँदैन भने त्यै हो गरीब
४. जसले दैनिक आधा केजी फलफुल खान्दैन भने त्यै हो गरीब
५. जोसँग १८ वर्ष उमेर पुग्दा पनि ५० वटा Life Support Skills जस्तै Cooking, Swimming आदी छैनन भने त्यै हो गरीब 

६. जोसँग १५ वटा Life Support सामान घरमा छैनन जस्तो washing machine, Computer, laptop, Television, Induction Stove, Camera आदी भने त्यै हो गरीब
७. जो संग एक परीवारका लागि ५ सिट भएको कार छैन भने त्यै हो गरीब
८. जसले प्रत्येक बर्ष २ वटा नयाँ देशको भ्रमण गर्दैन भने त्यै हो गरीब
९. जसले जीवनका १६ बर्षहरु स्कुल वा कलेजमा विताएको छैन भने त्यै हो गरीब
१०. जसले सरकारबाट रोजगार स्वरोजगार वा बेरोजगार भत्ता –(मासिक ५०० डलर) पाएको छैन भने त्यै हो गरीब
११. जो माानव अधिकारबाट बन्चित छ भने त्यै हो गरीब
१२. जसले बर्षमा २ पटक Whole Body Health Check गराउदैन भने त्यै हो गरीब
१३. जो Green and Clean शहरमा बस्दैन भने त्यै हो गरीब
१४. जसका घर वा कोठामा झिङ्गा लामखुट्टे साङ्गला माकुरा उडुस उपियाँ मुसा आदी १० जीवहरु मध्ये कुनै एक छ भने त्यै हो गरीब
१५. जो कम्पुटरको Key board बाट लेख्दैन वा भने त्यै हो गरीब, आजभोली बोलेर पनि लेख्न सकिन्छ ।
१६. जो संग १ परीवारको लागि ६ कोठा भएको घर छैन र ति कोठाहरुमा बिहान दिउसो वा बेलुकाको घाम एक पटक छिर्दैन भने त्यै हो गरीब
१७. जसको कुनै पनि उद्योगमा प्रसस्त आम्दामि पुग्ने गरी सेयर छैन भने त्यै हो गरीब
१८.जोसंग यस्ता मानसिक समस्याहरु frustration depression repression tension suppression anxiety neurosis Psychosis stress आदी छन भने त्यै हो गरीब
१९. जसले वर्षको ६ पटक हवाइ जहाजबाट यात्रा गर्दैन भने त्यै हो गरीब
२०. जसले आफुलाई आफन्त र छरछिमेकहरुले अपमान गरीरहेका छन भन्ने ठान्छ भने त्यै हो गरीब
२१. जसले संस्थाबाट नभएर ब्याक्तिगत रुपमा कसैको ऋण खाएको वा सापटी चलाएको छ भने त्यै हो गरीब
२२. जसले दाम्लाले बाँधेर दोपायहरु वा चौपायहरु पालेको छ भने त्यै हो गरीब
२३. जसले विद्युतबाट नभएर बायो इन्धन वा ग्याँसबाट हिटर स्टोप वा बत्ति बाल्छ भने त्यै हो गरीब
२४. जो दैनिक २ पटक झुटो बोल्छ भने त्यै हो गरीब
२५. जो लिंङ्गभेद जातिभेद रंगभेद र बर्णभेद आदीबाट पिडित छ भने त्यै हो गरीब

२६. जेष्ठ नागरिकहरुको pension credit र बालकहरुको child allowance छैन भने त्यै हो गरीब
२७. जसको ब्याक्तिगत रुपमा बैंकमा खाता छैन भने त्यै हो गरीब
२८. जसका बुबा आमाले कक्षा १२ सम्म पढ्नु भएको छैन भने त्यै हो गरीब
२९. जसले दैनिक १ पटक पनि समाचार सुन्दैन वा हेर्दैन भने त्यै हो गरीब

३१. जो दैनिक ५० डलर कमाउन सक्दैन त्यै हो गरीब
३२. जो शरिरमा १० केजी भन्दा बढिको भारी बोकेर हिड्छ भने त्यै हो गरीब
३३. जो Internet को support बिना पढ्छ भने त्यै हो गरीब
३४. जो महिनामा २ पटक सम्म सामाजिक काम गर्दैन भने त्यै हो गरीब
३५. जो दिनमा १ पटक पनि जिम जाँदैन वा भलिबल, हक्कि, वाँस्केटबल, फुटबल आदी खेल्दैन भने त्यै हो गरीब
३६. जुन देशमा कर्मचारीहरुको कामसंग जनताहरु सन्तुष्ट छैनन् भने त्यै हो गरीब
३७.. जो बसेको देशको शासन ब्याबस्था Democracy छैन भने त्यै हो गरीब (अन्य मागहरु पनि छन)

माथि भनिएका MPI महासन्धिमा नेपाल सरकारले UN को सदस्य राष्ट्रका हैसियतले अनुमोदन गरी सकेको छ । त्यसैले अब नुवाकोट क्षेत्र न : १ का हामी नागरिकहरुले सबै नेपालीहरुका जीवनमा यी Indicators पुरा गराउन हित समुह बनेर स्थानीय सरकारलाइ दवाब दिनु हामी सबै नागरिहरुको कर्तब्य र उत्तरदायित्व हुनेछ । स्थानीय सरकारले हाम्रा यी ३६ वटा मागहरु अवस्य पुरा गरीदिनु पर्छ ।

अब देखि हामी पनि नुवाकोटलाइ घाँस दाउरा मल पशुपालन कृषि शिक्षा आदि सबैमा प्रविधिमैत्री समाज वनाउने हो । आइन्दा हाम्रा दिदि बहिनी दाज्यू भाइका दुखका दिनहरु तपाइहरु कै कारणहरुले भाग्नेछन । कसरी भाग्छन भन्ने तरीकाहरुका बारेमा हाम्रा अरु कागजातहरु पनि हेर्नुहोस ।

तपाइहरु कै घरगाऊले म सफलता बोगटीलाइ लौरो चिन्हमा मतदान गरी विजय गराइ दिनु हुन म मेरो प्यारा नुवाकोट निर्वाचन क्षेत्र न १ का सबै जना इष्टमित्र तपाइहरु कै घरगाउले म सफलता बोगटीलाई लौरो चिन्हमा मतदान गरि बिजय गराइ दिनु हुन म मेरो प्यारा नुवाकोट निर्बाचन क्षेत्र न १का सबै जना इष्टमित्रहरुमा हार्दिक अनुरोध गर्दछु।।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.