स्वतन्त्र उम्मेदवार सफलता बोगटीको ७ नं. प्रतिबद्धता पत्र सार्वजनिक

अशोज १, २०७९ मा प्रकाशित
Published at 2022-09-17

255 views

खरानीटार । आगामी आम निर्वाचनमा नुवाकोट–क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारको घोषणा गर्नुभएकासफलता बोगटीले आफ्नो प्रतिबद्धता पत्र नं. ७ बाहिर ल्याउनुभएको छ । उहाले आगामी निर्वाचनसम्म क्रमशः प्रतिबद्धता पत्र बाहिर ल्याउने क्रममा अहिले ७ नं .प्रतिबद्धता पत्र असोज १ गते शनिबार सार्वजनिक गर्नुभएको हो । उहाँको ७ नं. प्रतिबद्धता पत्रमा गुणात्मक जीवनका लागि जीवन उपयोगी शिपहरु शिर्षकको प्रतिबद्धतापत्र जारी गरिएको छ ।
प्रस्तुत छ उहाँको प्रतिबद्धता पत्र जस्ताको तस्तै : 

सफलता बोगटी
नुवाकोट निर्वाचन क्षेत्र न : १
प्रतिनिधि सभा सदस्यको स्वातन्त्र उम्मेद्धार

घोषणा पत्र न : ७
मैले आगामी मंसीर ४ गतेको प्रतिनिधि सभा सदस्यको चुनाव जिते पछि नुवाकोट जिल्लाको निर्वाचन क्षेत्र न : १ मा म यी शिपहरु सबै जना नागरिकहरुले सिक्न पाउने अवसर उपलब्ध गराउन सक्छु तर साथ र सहयोग त तपाइहरु कै चाहिन्छ । विकसित आधुनिक औद्योगिक र लोकतान्त्रीक नेपाल बनाउन नेताहरु होइन तपाइहरु नै अगाडी बढ्नु पर्छ ।

गुणत्मक जिवनका लागि जिवन उपयोगी शिपहरु
Life Support Skills for Quality of Life

विद्यायलको प्रारम्भिक शिक्षाबाट नै बालबालिकाहरुको प्रतिभा, क्षमता, दक्षता र योग्यतामा जोड दिनुपर्छ । बालबालिकाहरुलाई creative, constructive, productive, effective and dynamic बनाउनु पर्छ । यसो गरेमा त्यो विद्यार्थीले भोलिका दिनमा आफ्नो उच्चस्त्तरको जिवन शैलि, जिवन पद्धति र जिवन स्त्तरको निर्माण आफैले गर्नेछन । यदि हामीले उसलाइ व्याक्ति र समाज, जिवन र जगत भन्दा बाहिरका विषयहरुमा अल्मल्यायौं भने ऊ देशको लागि बिशुद्ध भार वा बेरोजगारी मात्र बन्दछ । नव युवाहरुमा रहेको आन्तरनिहित गुणहरुलाई यस्ता अवसरहरुले प्रष्फुरण गर्न वा बाहिर ल्याउन मद्धत गर्नेछन । यि सिपहरु भनेको औपचारीक जिवनका महत्वपुर्ण हिस्साहरु हुन । यसलाइ Quality of life determine the value of life भनिन्छ ।

त्यसैले मैले प्रत्येक विद्यालयहरुले कक्षा ७, ८ र ९ मा अध्यानरत विद्यार्थीहरुलाई कम्तिमा पनि ६० वटा सम्म यस्ता Life Support Skill हरु अनिवार्य सिकाउनु पर्ने कार्यक्रम ल्याएकी छु । यस्ता शिपहरु नसिकेका युवाहरुलाइ नागरिकता प्रमाण पत्र दिइने छैन अथवा यसको जिम्मेवार सम्बन्धित विद्यालय हुनेछ । यि सिपहरु सिकाइ दिन विद्यार्थीहरुलाई श्रोत र साधनका लागि स्थानीय प्रादेशिक र संघीय सरकारहरुले पहल गरी दिनेछु ।

जिवन उपयोगी शिपहरु यस प्रकारका हुनेछन :
१. सबै प्रकारका ई सेवाहरु चलाएर काम गर्न सक्ने सिप जस्तो ई बैकिङ्क आदि २. सबै प्रकारका सवारी साधनहरु चलाउन सक्ने,३. खोलामा पौडी खेल्न सक्ने, ४. गोली हान्न सक्ने, ५. रुखहरु चढ्न सक्ने, ६. आय व्यायको अडिट गर्न सक्ने, ७. झगडा परेमा मिलाउन सक्ने, ८. तर्कहरु गर्न सक्ने, ९. आधुनिक सबै प्रकारका कृषि गर्न जान्ने, १०. गाइ भैसि बाख्रा सुगुर चराउन सक्ने, ११. गाइ भैसि दुहुने सिप, १२. शारिरीक श्रम गर्न सक्ने जस्तो ट्याक्टर चलाउने आदि, १३. सबै प्रकारका व्यावस्थापन गर्न सक्ने, १४. सर्बजनिक रुपमा बोल्न सक्ने, १५. सर्वजनिक कानुनहरु जानेको, १५. पुलिस कर्मचारीको अभिनय गरेको, १६. नेता वा निर्वाचित प्रतिनिधिहरुको अभिनय गरेको, १७. कम्पनिको बोस बनेको, १८. विभिन्न स्थानहरुको एक्लै यात्रा गरेको, १९. समुहमा राजनैतिक नेतृत्व गरेको,
२०. मासु काट्ने सिप सिकेको, २१. फर्निचर सम्बन्धि कामको सिप, २२. पुरोहितको पुजा आजा गर्ने काम गरेको २३. मर्दापर्दा क्रिया गर्ने काम गरेको, २४. पाहुनाहरुलाइ आतिथ्यता देखाएको, २५. खेलकुदको कोच बनेको, २६. माछा समात्ने सिप, २७. बच्चा हुर्काउने सिप सिकेको, २८. सरकारी कार्यलय निरिश्रण कार्यक्रम गरेको, २९. सबै प्रकारका अभिनय गर्ने एक्टीङ्क कल्बको सिप, ३०. कपडा कटाइ सिलाइ, ३१. व्युटी पार्लर, ३२. विद्युत मर्मत गर्न सक्ने, ३३.पलम्वर, ३४. कम्पुटरको हार्डवयर र सफ्ट वेयर बनाउने, ३५. हिन्दी चाइनिज अंगे्रजी संस्कृत भाषहरु बोल्ने सिप, ३६. दाउरा काट्ने र बोक्ने सिप, ३७. घर बाटो बनाउने सिप, ३८. पर्खाल लगाउने सिप, ३९. बगैचा बनाउने सिप, ४० प्रपोजल लेख्ने सिप जसमा . Detail Project Report and Detail Engineer Report बनाउन सक्ने, ४१. डोको डोरी चित्रा बन्ने सिप, ४२. तरकारी खेती गर्ने सिप, ४३. वजार गएर व्यापार गर्न सक्ने, ४४. फोहोर व्यावस्थापन गर्न सक्ने सिप ४५. मरेका मानिसहरु वा जिवहरुलाइ सद्गत गर्न सक्ने सिप, ४६. विवाह व्रतबन्ध शुद्धाइ आदिमा भोज भतेरको प्रवन्ध गर्न सक्ने, ४७. सबै प्रकारका खाना पकाउने शिप आदि ।

हाम्रा बालबालिका र युवाहरुलाइ कस्तो सिप सिकाउदा उनिहरुले जिवन यापन गर्न सजिलै सक्दछन । त्यस्ता सिपहरु विद्यालयले उनिहरुलाइ अनिवार्य सिकाइ दिनुपर्ने व्यावस्था हामी सबै मिलेर लागु गर्नुपर्छ । म प्रतिनिधि सभा संसद भए पछि यस क्षेत्रका सबै कलेज र विद्यालयहरुमा यी सिपहरु सिकाउनु पर्ने बाध्यकारी नियम बनाउदछु तर साथ र सहयोग त तपाइहरु कै चाहिन्छ ।

स्थानीय आवश्यकता हेरेर अरु विषयहरु तपाई पनि थप गर्नुहोस ।
धन्यवाद ।

सफलता बोगटी जिताऔं अभियान सचिवालय ।
तादी–३ खरानीटार नुवाकोट ।। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.