पहिरोले घर बगाउँदा १६ जना बेपत्ता

अशोज १, २०७९ मा प्रकाशित | 302 views

अछाम । अछाममा पहिरोले घर बगाउँदा १६ जना बेपत्ता भएका छन् ।

अछामको कमलबजार नगरपालिका वडा नम्बर–६ का ७ जना र तुर्माखाँद गाउँपालिका वडानम्बर–५ का ९ जना गरी १६ जना बेपत्ता भएका अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार यी दुई पालिकामा बाढीपहिरोले दुई वटा घर बगाएको छ ।

अहिले बेपत्ताको खोजी थालिएको छ । उनीहरुको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन् । अछाममा अहिले पनि पानी परिरहेको छ । थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web