नेपालले भारतलाई एक–शून्य गोलले हरायो

भदौ ३१, २०७९ मा प्रकाशित
Published at 2022-09-16

114 views

काठमाडौँ । साफ महिला च्याम्पियनशिप अन्तर्गत दाेस्राे सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ ।

दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले भारतलाई एक–शून्य गाेलले हरायाे । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरिन् ।

अब नेपालले फाइनलमा बङ्ग्लादेशसँग खेल्नेछ । आजै भएकाे पहिलाे सेमिफाइनलमा भुटानलाई आठ–शून्य गाेलले हराउँदै बङ्ग्लादेश फाइनलमा पुगेकाे हाे । फाइनल खेल साेमवार बेलुकी ५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.