चीनसँगको रसुवागढी नाका खुला

भदौ ३०, २०७९ मा प्रकाशित
Published at 2022-09-15

184 views

काठमाडौँ । चीनसँगको रसुवागढी–केरुङ नाका आजदेखि खुलेको छ । हिजो चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्ताका क्रममा तत्कालै नाका खुल्ने जानकारी गराउनुभएको थियो । चान्सुको जानकारीसँगै आजदेखि रसुवागढी नाका खुलेको हो ।

कोरोना महामारीलाई कारण देखाएर चीनले बेलाबेला नाका बन्द गर्दै आएको छ । जसका कारण चीनबाट आयात हुने सामग्री प्रभावित भएका थिए भने निर्यात ठप्प रहेको थियो । अब नाका खुल्ने सन्देश प्राप्त भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले जानकारी दिनुभयो । तर नेपालबाट निर्यातका विषयमा भने चिनियाँ पक्षले अझै स्पष्ट जवाफ नदिएको पौडेलले बताउनुभयो ।

चिनियाँ पक्षबाट आएको सन्देशमा कोरोना महामारीको सङ्क्रमणका कारण बन्द गर्नुपरेको व्यापारिक नाका सङ्क्रमण कम भएसँगै खुला गरिएको उल्लेख गरिएको उहाँले बताउनु भएकाे छ । यस्तै, सिन्धुपाल्चोकको तातोपानी नाका पनि एकतर्फी खुला भएको छ ।

चीनबाट नेपाली सामान बोकेका ११ वटा कन्टेनर दैनिक नेपालतर्फ आइरहेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो । नेपाली पक्षले दुईतर्फी रूपमा नाका खुला हुनुपर्ने माग गर्दै आएको छ तर चिनियाँ पक्षले कुनै प्रतिक्रिया नदिएको खनालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.