उपाधिका लागि नेपालले आज भारतसँग खेल्ने

भदौ २९, २०७९ मा प्रकाशित
Published at 2022-09-14

206 views

काठमाडौँ । १७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । खेल श्रीलङ्काको रेस कोर्स मैदानमा आज बेलुका सवा ८ बजे सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बङ्गलादेशलाई २–१ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलङ्कालाई ६–० ले हराएर भारतसँगको भेट पक्का गरेको हो ।

प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा नेपालसँग ३–१ गोलले हारेको थियो । त्यस्तै समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई हराएको थियो ।

१७ वर्षमुनिको नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतसँगको फाइनल खेल कठिन हुने तर उत्कृष्ट खेल्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.