नेपाल १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा

भदौ २८, २०७९ मा प्रकाशित
Published at 2022-09-13

194 views

काठमाडौँ । नेपाल श्रीलङ्कामा चलिरहेको १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

कोलम्बोमा गएराति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलङ्कालाई ६–० गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।

नेपालका लागि कप्तान प्रशान्त लक्सम लिम्बु, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक–एक गोल गरे । अब नेपालले उपाधिका लागि बुधवार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह चरणको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.