नेपाल भुटानसँग २–० गोलले पराजित

भदौ २६, २०७९ मा प्रकाशित
Published at 2022-09-11

157 views

काठमाडौँ । २० वर्षमुनिको एसियाकप फुटबल छनोटको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ । बहराइनको शेख अलि विन मोहम्मद अल खलिफा मैदानमा गएराति भएको खेलमा भुटानले नेपाललाई २–० ले हराएको हो ।

भुटानले दुवै हाफमा एक/एक गोल गर्न सफल भयो । खेलको ३३औँ मिनेटमा भुटानका सोनाम छोझाङ र दोस्रो हाफको सुरुमै कर्मा टासी जाम्सोले गोल गरे । खेलको इञ्जुरी समयको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा समेटिएको थियो ।

अभिषेक वाइबाले फल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए । जितसँगै भुटानले पहिलो खेलमा महत्त्वपूर्ण ३ अङ्क जोडेको छ । नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । छनोटको समूह ‘बी’ मा नेपाल, भुटान, कतार, बहराइन र बङ्गलादेश रहेका छन् ।

अब नेपालले दोस्रो खेलमा सोमवार कतारसँग, बिहीवार बहराइनसँग र आउँदो आइतवार बङ्गलादेशसँग खेल्नेछ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.