त्रिशूली । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनको लागी हिजो बुधबार भएको मतदानको मतगणना जारी रहेको छ । हिजो राती ८ बजेबाट विदुर स्थित इलम प्रशिक्षण केन्द्रमा भइरहेको मतगणनाको बिहीबार ७: ३० बजेसम्म ७४७ मत गणना हुदाँ सबै पदमा सञ्जिबबहादुर श्रेष्ठ अध्यक्ष रहेको प्यानल अगाडी रहेको छ । सुरुवाती समयदेखि छत्रराज डंगोलको प्यानलका उपाध्यक्ष नवराज न्यौपानेले अग्रता कायम राखेको भएपनि पछिल्लो दुइ बुलेटिनदेखि नै न्यैापानेललाइ पछि पार्दै उपाध्यक्षमा २३मतले महेशकुमार डंगोलले अग्रता लिनुभएको छ ।
हेर्नुहोस बिहान७:३० बजेको विवरण :

८१६ मतदाता भोट दिन आएनन् :
सुरुवाती समयदेखि नै सञ्जिव श्रेष्ठ सहित उहाँको बहुमत सदस्यहले अग्रता लिएको हो । हिजो भएको मतदाननमा दुई हजार ३२५ मत खसेको छ । कुल मतदाता तीन हजार १४१ घरधुरी भएपन निर्धारित
समयभित्र दुई हजार ३२५ मत खसेको हो भने ८१६ मतदाता भोट दिन नआएको निर्वाचन अधिकृत राजनप्रसाद प्याकुरेलले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार मतदानका लागी पाच हजार भन्दाबढी धारा जडान गरेका उपभोक्ता मध्ये नियमित मासिक शुल्क भुक्तानी गरेर अधिवेशन प्रयोजनको लागी सदस्यता नविकरण गरेका उपभोक्ता मात्र मतदाता हुने आचारसंहिता गरिएकाले पनि निर्वाचनमा एक घरको एक जनाले मात्रै मतदान गर्न पाउने व्यवस्था गरिएको थियो ।
सोही अनुसार तीन हजार १४१ घरधुरी उपभोक्ता मतदाता कायम भएपनि ‘जसको नाममा धारा रहेको छ सोही व्यक्तिले मात्र मत दिन पाउने’ र एक व्यक्तिले एकमत भन्दाबढी दिन नपाइने भएकाले एक भन्दाबढी धारा जडान गरेका उपभोक्ताले एकमत मात्र दिन पाइने निर्वाचन अन्तरगत मतदान आचारसंहिता बनाइएकाले अपेक्षा भन्दा कम मत खसेको पाइएको छ ।
नौ पदको लागी चुनिदै नयाँ नेतृत्व :
हिजो बुधबार भएको मतदान मार्फत अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष सहित पाच जना सदस्य चयन गर्न लागिएको छ । नयाँ नेतृत्व चयनका लागी नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनबाट साझा उम्मेदवारको रुपमा काँग्रेस समर्थित छत्रराज डंगोल अध्यक्ष रहेको प्यानल नेकपा (एमाले) समर्थित सञ्जिवबहादुर श्रेष्ठ अध्यक्ष रहेको दुई प्यानलबीच प्रतिस्पर्धा रहेको छ । गठबन्धनको तर्फबाट छत्रराज डंगोलको प्यानलको उपाध्यक्षमा नवराज न्यौपाने, सचिवमा नरेश डंगोल र कोषाध्यक्षमा रबिता भट्ट रहेका छन् । सदस्यहरुमा सुशीला पौडेल, शान्ती श्रेष्ठ, राजेन्द्र सापकोटा, रामजी भट्ट र पदमकान्त न्यौपाने उम्मेदवार छन् ।
नेकपा (एमाले) समर्थित सञ्जिब श्रेष्ठ अध्यक्ष रहेको प्यानलको उपाध्यक्षमा महेश डंगोल, सचिवमा राजेन्द्र पाण्डे र कोषाध्यक्षमा अम्बिका चित्रकार रहेका छन् । सञ्जिब श्रेष्ठको प्यानलको सदस्यहरुमा बिष्णुमाया डंगोल, सिता अधिकारी, लबप्रसाद न्यौपाने, कृष्णप्रसाद भट्ट र दीपक तिमल्सिना प्रतिस्पर्धामा छन् । स्वतन्त्र रुपमा मुरारी नेपालले उपाध्यक्ष र बिमल खड्काले सदस्य पदमा उम्मेदवारी दिएकाले नौ पदको लागी २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
सँस्थामा राजनीति प्रभाव :
सामाजिक सँस्था अन्तरगका विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यक्षेत्र विदुर नगरपालिकाको वडा नं. १, २, ४, ५, ६, ८ र ९ नं. वडाका पाच हजार भन्दाबढी घरधुरी रहेका छन् । विदुर नगर क्षेत्रमा सँस्थाको प्रतिस्ष्ठा उच्च छ । नगर भित्रका उपभोक्तासंग दैनिक रुपमा जोडिन सक्ने र सेवा प्रवाहको लागी आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर पाउने भएकाले स्वंयमसेवक रुपमा सँस्थाको नेतृत्वमा पुग्न आकांक्षीहरु धेरै देखिएका थिए । राजनीतिक दलहरुले आफू समर्थित व्यक्तिलाई नेतृत्व ल्याउन उम्मेदवारलाई दलीय प्रभावमा पार्ने गरेका छन् ।
हिजो बुधबार भएको निर्वाचनको लागी आफ्नो उम्मेदवारलाई बिजयी गराउन भन्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, बहादुरसिंह लामा तामाङ, जिल्ला सभापति रमेशकुमार महत, निवर्तमान सभापति जगदिश्वरनरसिंह केसी, नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडा, जिल्ला इञ्चार्ज बिन्दा ढुङ्गाना, नेकपा माओवादी केन्द्रबाट जिल्ला सहइञ्चार्ज हिरानाथ खतिवडा लगायतका दलीय नेताहरु केही मतदान स्थलमा र केही आफ्नो सम्पर्क स्थानमा बसेर दिनभर सक्रिय भएर लागेका थिए ।
20.84¡ÆC