पुरातात्विक महत्वको दूर्गाको मूर्ति अमेरिकाबाट नेपाल फर्काइँदै

भदौ ९, २०७९ 2022-08-25 मा प्रकाशित
Published at 2022-08-25

1081 views

काठमाडौँ । चोरी भएर अमेरिका पुगेको दुर्गाको मूर्तिलाई नेपाल फर्काइने भएको छ ।

न्युयोर्कमा रहेकाे नेपालको महावाणिज्य दूतावास र म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले संयुक्त रुपमा नेपाली पुरातात्विक वस्तु नेपाल फिर्ता गर्ने घोषणा गरेका छन् ।

म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयमा भएको एक समारोहमा म्यानहट्टन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्राग जुनियरबाट कार्यवाहक महावाणिज्य दूत विष्णु गौतमले चोरी भएर अमेरिका पुगेको पुरातात्विक दुर्गाको मूर्ति ग्रहण गर्नुभएको छ ।

यो मूर्ति लगभग १४औँ शताब्दीदेखि १८औँ शताब्दीको बीचमा काठमाण्डौमा बनेको अनुमान छ । मूर्ति सन् १९६० मा हराएको थियो । यो मूर्तिलाई गएको मार्चमा लिलामीमा राखिएको थियो ।

लिलामीमा मूर्तिको मूल्य १२ हजारदेखि १८ हजार अमेरिकी डलर राखिएको थियो । यो जानकारीपछि नेपाली महावाणिज्य दूतावासले मूर्ति नेपाल फर्काउने प्रक्रिया सुरु गरेको थियो । सन् २०२१ मा न्युयोर्कबाट चोरी भएका तीन वटा नेपाली पुरातात्विक वस्तु यसअघि नै नेपाल फर्काइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.