निर्वाचन आयोगले आचारसंहिताबारे आज दलहरूसँग छलफल गर्दै

भदौ ६, २०७९ मा प्रकाशित | 336 views

काठमाडौँ । निर्वाचन आयोगले आज संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्दैछ ।

निर्वाचन आचारसंहिता र तयारीबारे प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ वटा दललाई छलफलमा बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । 

आयोगले पालिका चुनावको बेला आचारसंहिता कार्यान्वयनको अवस्थाको मूल्याङ्कन गर्दै दलहरूको सुझावको आधारमा आचारसंहिता बनाउने तयारी गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन अब ९० दिन बाँकी छ । चुनावमा मनोनयन दर्ता गर्नुभन्दा पहिले सांसद पदमा नरहेको सुनिश्चित गर्न आयोगले आग्रह गरिसकेको छ । यस्तै, आयोगले चुनावका लागि कर्मचारीको व्यवस्थापन गर्न पनि सरकारलाई निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web