लेस्टर सिटी साउथह्याम्पटनसँग पराजित

भदौ ५, २०७९ मा प्रकाशित | 284 views

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी पराजित भएको छ । गएराति भएको खेलमा लेस्टरलाई साउथह्याम्पटनले २–१ गोलले हराएको हो ।

साउथह्याम्पटनका चे एडम्सले दुई गोल गरे । लेस्टरका जेम्स म्याडिसनले एक गोल फर्काए ।

त्यस्तै अर्को खेलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३–१ गोलले हराएको छ ।

अर्को खेलमा फुलह्यामले ब्रेन्टफोर्डलाई ३–२ गोलले पराजित गरेको छ ।

एभर्टन र नटिङ्घम फरेस्टले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् । हिजो भएको पहिलो खेलमा टोटनह्यामले उल्भ्सलाई १–० गोलले हरायो । उसका लागि खेलको ६४औँ मिनेटमा ह्यारी केनले गोल गरे । ३ खेलमा ७ अङ्क जोडेको टोटनह्याम दोस्रो स्थानमा छ ।

उल्भ्स एक अङ्कसहित १७औँ स्थानमा छ । अङ्क तालिकामा म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ । उसले २ खेलमा ६ अङ्क जोडेको छ । म्यानचेस्टर सिटीले आज न्युकासलसँग खेल्दैछ । यस्तै, आज चेल्सी र लिड्स युनाइटेडबीच पनि खेल हुनेछ ।

दुई खेलमा अङ्क जोड्न नसकेको म्यानचेस्टर युनाइटेड अङ्कतालिकाको पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web