फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बीच बाटोमै रोकिए

साउन ३०, २०७९ मा प्रकाशित | 266 views

काठमाडौँ । काठमाण्डाैबाट फाेहर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट जाँदै गरेका गाडीलाई राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुले बाटोमै रोकेका छन् ।

हिजो फाेहर थुपार्न नदिने घोषणा गरेका सत्तारुढ तीन दलका स्थानीय नेताहरुले आज फाेहरका गाडी रोकेका हुन् ।

आज फाेहर लिएर ल्याण्डफिल्ड साइट जाँदै गरेका गाडीहरु बाटोमै रोकिएका काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । राजनीतिक दलहरुको अवरोधका कारण आज बिहान काठमाण्डाैबाट गएका कुनै पनि गाडीले फाेहर खसाल्न पाएका छैनन् ।

हिजो गएका २५ वडा गाडीले मात्र फाेहर खसालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web