यूईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई

साउन २६, २०७९ मा प्रकाशित | 434 views

काठमाडौँ । युरोपेली च्याम्पियन्स लिगको विजेता रियल मड्रिडले यस सिजनको यूईएफए सुपर कपको उपाधि जितेको छ ।

गएराति भएको खेलमा आइनट्राक्ट फ्रान्कफर्टलाई २–० गोलअन्तरले पराजित गर्दै रियल मड्रिडले सुपर कपको उपाधि जितेको हो ।

रियल मड्रिडका लागि डेविड अलाबा र करिम बेन्जेमाले एक/एक गोल गरे । बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यसअघि रियलले ला लिगा र यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

बेन्जेमाले रियलका लागि ६ सय १० खेलमा ३ सय २४ गोल पुर्याएका छन् । उनी क्रिस्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन् । ३४ वर्षीय बेन्जेमाले यस सिजन ४६ खेलमा ४४ गोल गरेका छन् । रियल यसअघि सन् १९९८, २००० र २०१८ मा सुपर कपमा उपविजेता बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web