बन्दना बस्नेतको दोश्रो बार्षिकीमा ज्येष्ठ नागरिक सेवा आश्रममा खाद्यान्न र लत्ता कपडा प्रदान

साउन २३, २०७९ मा प्रकाशित
Published at 2022-08-08

530 views

देवीघाट । स्वर्गिय बन्दना बस्नेतको दोश्रो बार्षिकीको पुन्यतिथी बनाएर देवीघाटमा रहेको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका ज्येष्ठ नागरिकहरुलाई यही साउन २३ गते सोमबार न्यानो कपडा र खाद्य सामाग्रि उपलब्ध गराइएको छ । विदुर नगरपालिका वडा नं. ९ निवासी बन्दना बस्नेतको १७ वर्षको उमेरमा दुई वर्ष भएकोको पुण्यतिथीको अवसर बनाएर उनको परिवार र आफन्तहरुले ज्येष्ठ नागरिक सेवा आश्रममा आश्रय लिएर बसोबास गर्दै आउनुभएका ज्येष्ठ नागरिकहरुलाई आवश्यक कपडा र खाद्य सामाग्रि उपलब्ध गराइएको हो ।

स्वर्गिय बन्दना बस्नेतको ९२ वर्षको हजुरबुबा हितबहादुर रिजाल, आमा भावना वस्नेत, दिदी रञ्जना वस्नेत, मामा रामकुमार रिजाल र माइजु भगवती रिजालले सयुक्त रुपमा ज्येष्ठ नागरिक सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुलाई दैनिक उपभोगमा सहज हुने खाद्य सामाग्रि सहितको लत्ताकपडा हस्तान्तरण गर्नुभएको हो ।
आश्रममा बसोबास गर्दै आउनुभएका ज्येष्ठ नागरिकहरुलाई आवश्यक एक–एक थान लत्ता कपडा सहित चामल दुई बोरा, एक बोरा भुजिया, पाच किलो दाल, दुई बाक्सा विस्कुट, जुस सहितको खाद्य र गैह्रखाद्य सामाग्रि विदुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष लिलानाथ न्यौपाने र देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका सहसचिव रामहरि गजुरेलको रोहबरमा हस्तान्तरण गनुभएको हो ।

No description available.

अल्पायुमा नै दिवंगत भएको नातिनीको दोश्रो पुष्यतिथीको अवसरमा देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रय लिएर बसोबास गर्दै आउनुभएका ज्येष्ठनागरिकहरुको स्वास्थ्य अबस्था उहाँहरुको दैनिकीको अनुभव लिएर दैनिकी प्रयोजनको लागी आवाश्यक सामाग्रि हस्तान्तरण गर्नपाउदा पीडाको क्षणलाई बिर्सन सक्ने शक्ति मिलेको उनको ९२ वर्षका हजुरबुबा हितबहादुर रिजालले बताउनुभएको छ ।

यसैगरी, वडा नं. ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले आश्रममा बसोबास गर्दै आउनुभएका आमाबुबाहरुको हेरचाह, उहाँहरुको स्वास्थ्य अबस्था खाद्यान्न तथा बासोबाँसको लागी आवश्यक प्रबन्ध मिलाउन आफ्नो तर्फबाट सहयोग जारी रहेको बताउनुभएको छ । उहाँको अनुसार आश्रममा बसोबास गर्ने आमाबुबाहरु घरबाट अपहेलित तथा संरक्षक बिहिन भएर आएको भन्दापनि ज्येष्ठ अबस्थामा एकै उमेर समूहका साथीहरुसंग एकै स्थानमा बसेर भर्जनकिर्तन गाउने, आफ्ना अनुभव एक अर्कामा साटासाट गर्ने माध्यमको रुपमा बुढ्यौली अस्पतालको रुपमा देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई अघि बढाउन लागिएको छ ।

No description available.
आश्रम अहिले नुवाकोट सहित विभिन्न जिल्लाको १४ जना महिला र २१ जना पुरुष गरेर ३५ जना ज्येष्ठ नागरिकले आश्रय लिनुभएको छ । उहाँहरुको लागी खानाको प्रबन्ध सरकारीस्तरबाट मात्रै प्रयाप्त नभएकाले दाताहरुबाट प्राप्त हुने सहयोग लगायतका माध्यमबाट चलाउदै आएको प्रतिष्ठानका सहसचिव रामहरि गजुरेलले बताउनुभएको छ ।

No description available.

No description available.

No description available.

No description available.No description available.No description available.

No description available.No description available.

No description available.

No description available.

No description available.

No description available.No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.