नेपाल फिल्म सोसाईटीको केन्द्रिय अध्यक्षमा पुन: बिशिष्ठ अभिनेता कृष्ण मल्ल

साउन २१, २०७९ मा प्रकाशित | 974 views

काठमाडौं । नेपाल फिल्म सोसाईटीको साधारण सभा बाट केन्द्रिय अध्यक्षमा पुन: सर्बसम्मत बिशिष्ठ अभिनेता कृष्ण मल्ल चयन हुनु भएको छ। त्यसैगरी उपाध्यक्षमा बरिष्ठ अभिनेता पुरन जोशी, मोहन कृष्ण श्रेष्ठ, नारायण प्रधान, महासचिबमा राजेन्द्र कुमार बिसुराल, सचिबमा टंकनाथ पौडेल कोषाध्यक्षमा शंकरलाल श्रेष्ठ, सदस्यहरु चेत बहादुर सिंह राजा, सानु कुमार ताम्राकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाई एल लामा, मदु कुमार श्रेष्ठ र सुभाष खड्का सर्बसम्मत मनोनयन गरिएको छ। साधारण सभामा बार्षिक प्रतिबेदन, आर्थिक प्रतिबेदन र लेखा परिक्षक नियुक्ति बारे प्रस्ताब पेश गरिएको थियो।

बिगत लामो समय चलचित्र क्षेत्रको हक अधिकार र उत्थानको लागि समर्पित नेपाल फिल्म सोसाईटी सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएको संस्था हो। नेपाल फिल्म सोसाईटीको शाखा अमेरिका र बेलायतमा समेत रहेको छ। उक्त अबसरमा सल्लाहकारहरु चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, बरिष्ठ निर्देशक उज्जल घिमिरे, अधिबक्ता कृष्ण प्रशाद ढुंगाना, कृष्ण पाठक, संचारकर्मी सुर्य चन्द र वाई एल लामाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web