चिनिया नागरिक पक्राउ गर्नेमा नुवाकोटका शिब सुनार र बिनोद केसी संलग्न

साउन १९, २०७९ मा प्रकाशित
Published at 2022-08-04

3886 views

त्रिशूली । चिनियाँ नागरिकलाई पक्राउ गरेर एक करोड फिरौती माग्नमा संलग्न रहेका ६ जनामा नुवाकोटका दुई जना समेत रहेको काठमाडौ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रहरी वृत्त बालाजुका प्रहरी जवान पदमा कार्यरत नुवाकोट घर भएका शिव सुनार र नुवाकोट शिवपुरी गाउँपालिका-६ का २७ वर्षीय विनोद केसी  सहितको टोली सहभागी भएको पाइएको हो ।


हिजो बुधबार साँझ दरबारमार्गबाट चिनियाँ नागरिकलाई अपहरण गरेर एक करोड रुपैयाँ फिरौती मागेको घटनामा दुई जना प्रहरीको संलग्नता रहेकोमा एक जना नुवाकोट घर भएका प्रहरी जवान शिव सुनार र अर्को एक जना न्यायाधीशका सुरक्षा गार्डको रुपमा रहेका प्रहरी हबल्दार रहेको खुलासा भएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिनुभएको छ । उहाँको अनुसार घटनामा जोडिएकाले उनीहरुलाई पक्राउ गरिएको र कस्को भूमिका के कस्तो भन्ने अनुसन्धानको क्रममा रहेको उल्लेख गरिएको छ ।


चिनियाँ नागरिक -याङ -याङ लाई हिजो बुधबार साँझ साढे ७ बजेतिर लाजिम्पाटस्थित कोठामा बसिरहेको समयमा नुवाकोटका दुई जना सहित विभिन्न जिल्ला घर भएका ६ जनाले अपहरण गरेर एक करोड रुपैयाँ फिरौती मागेको थियो । अपहरणकारीलाई फिरौती बुझाउनको लागी सादा पोसाकमा पुगेका प्रहरीले उनीहरुलाई रङ्गेहात पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा नुवाकोटको दुई जना सहित उच्च अदालत पाटनका एक न्यायाधीशका निजी सुरक्षा अधिकृतका रुपमा खटिएका प्रहरी हबल्दार कर्णबहादुर गुरुङ, गोरखाका लक्ष्मण गुरुङ, सर्लाहीका रोहित मगर, प्यूठानका विशाल मगर रहेका छन् ।
उनीहरुलाई थप अनुसन्धानो लागी काठमाडौ जिल्ला अदालतमा अपराध तथा शरीर बन्धकसम्बन्धी कसूरमामा थुनामा राख्न अनुमति लिइएको छ ।

तस्वीरहरु साभार : https://ratopati.com/ 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.