भारत र वेस्ट इन्डिजबीचको दोस्रो एक दिवसीय क्रिकेट आज

साउन ८, २०७९ मा प्रकाशित
Published at 2022-07-24

75 views

काठमाडौँ । भारत र वेस्ट इन्डिजबीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदैछ । खेल बेलुका सवा ७ बजे वेस्ट इन्डिजको पोर्ट अफ स्पेनमा सुरु हुनेछ ।

तीन खेलको एक दिवसीय श्रृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । पहिलो खेलमा वेस्ट इन्डिज ३ रनले पराजित भएको थियो ।

श्रृङ्खला जोगाउन वेस्ट इन्डिजलाई आजको खेल जित्नुपर्ने दबाब छ । तेस्रो तथा अन्तिम एक दिवसीय खेल बुधवार हुनेछ ।

यो श्रृङ्खलामा भारतको कप्तानी शिखर धवनले गरेका छन् । भारतका रोहित शर्मा, विराट कोहली, ऋषव पन्त, हार्दिक पाण्ड्या, मोहम्मद शामी र जसप्रित बुम्राहलाई आराम दिइएको छ ।

वेष्ट इन्डिजको भ्रमणअघि इङ्ल्यान्डसँग खेलेको भारतले टी–२० र एक दिवसीय श्रृङ्खला जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.