मैत्रीपूर्ण खेलमा लिभरपुलले लाइपजिगलाई ५ गोलले हरायो

साउन ६, २०७९ मा प्रकाशित
Published at 2022-07-22

80 views

काठमाडौँ । मैत्रीपूर्ण खेलमा लिभरपुलले जर्मन क्बल आरबी लाइपजिगलाई ५ गोलले हराएको छ ।

रेडबुल एरिनामा गएराति भएको खेलमा लिभरपुलले लाइपजिगलाई ५–० गोलले हरायो । उसको जितमा भर्खरै बेन्फिकाबाट लिभरपुलसँग सम्झौता गरेका डार्विन नुनेजले ४ गोल गरे ।

यस्तै मोहम्मद सलाहले १ गोल गरे ।

लिभरपुलका मुख्य प्रशिक्षक जर्गेन क्लोपले नुनेजको प्रदर्शनबाट आफू निकै उत्साहित भएको बताएका छन् । प्रिमियर लिग सुरु हुनुअघि मैत्रीपूर्ण खेलको यात्रामा रहेको लिभरपुलले यसै हप्ता म्यानचेस्टर सिटी र साल्जवर्गसँग खेल्दैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.