करार अवधि पूरा भएका कर्मचारीको स्थानमा खुला प्रतिस्पर्धाबाट नयाँ कर्मचारी राखिने

साउन १, २०७९ मा प्रकाशित | 1669 views

त्रिशूली ।  नुवाकोटको विदुर नगरपालिकाले करार अवधि हटाएका कर्मचारीको रिक्त रहेको स्थानमा खुल्ला प्रतिस्पर्धा र पारदर्शी रुपमा कर्मचारी राख्ने भएको छ । विदुरका नगरप्रमुख राजन श्रेष्ठ समक्ष हिजो नेकपा एमालेबाट प्रतिनिधित्व गरेका कार्यपालिका सदस्यहरुले साउन १ गतेदेखि करार अवधि पूरा भएका कर्मचारीलाई सकेसम्म करार थप गर्न तथा करा थप नगर्ने हो भने कार्यपालिकाबाट निर्णय गरेर कर्मचारीको दरबन्दी खुला गरेर स्वच्छ प्रतिस्पर्धाबाट नयाँ कर्मचारी राख्न माग गरेको छन् । वडाध्यक्षहरुको माग अनुसार नै करारको कर्मचारीको समयअवधि पूरा भएकाले आवश्यक परेका कर्मचारी खुला प्रतिस्पर्धाबाट पारदर्शी रुपमा व्यवस्थापन गरिने नगरप्रमुख राजन श्रेष्ठले स्पष्ट पार्नुभएको हो ।
विदुर नगरपालिकाको कार्यपालिका सदस्य २३ जनामध्ये नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने १४ जनाले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा अहिलेको कर्मचारीलाई राजनीतिक पूर्वाग्रहीको रुपमा लिएर नहटाउन आग्रह गर्दै यदी हटाउने हो भने कार्यपालिकाबाट निर्णय गराएर खुला प्रतिस्पर्धाबाट मात्रै नयाँ कर्मचारी राख्न माग गरेका छन् ।

May be an image of 8 people, people sitting and people standing
नेकपा एमालेबाट प्रतितिनिधित्व गर्ने कार्यपालिका सदस्यहरुले बुझाएको ध्यानाकर्षण पत्रको सम्बोधन गर्दै नगरप्रमुख राजन श्रेष्ठले करार पूरा भएका कर्मचारीको सेवा थप नगर्नुलाई राजनीतिक पूर्वाग्रहीको रुपमा भन्दापनि नगरपालिकाको आर्थिक अबस्था निकै कमजोर भएको, आन्तरिक श्रोत घटेकाले तलब खुवाउन सक्ने अबस्था नभएको लगायतका कारण कर्मचारी घटाउन बाध्य भएको जवाफ दिनुभएको छ ।

May be an image of 5 people, people standing and indoor

करार पूरा भएका कर्मचारीको सेवा अवधि थप नभएपछि स्थायी कर्मचारीबाट कार्यसञ्चालन गर्ने र आवश्यक देखिएमा बजेटको आकार अनुसार विज्ञापन मार्फत खुला प्रतिस्पर्धाबाट निश्पक्ष तथा पारदर्शी रुपमा राखिने भएकाले कर्मचारी हटाएको विषयलाई राजनीतिक मुद्धाको रुपमा नलिन आग्रह गर्नुभएको छ ।
विदुर नगरपालिकामा अघिल्लो नगरप्रमुखले अधिकांश तोक आदेशका भरमा राखेका करारका कर्मचारी मध्ये १४२ जनाको करार अवधि असार मसान्तबाट सक्किएकाले निरन्तरता दिन नसकिने सूचना असार ३१ मा प्रकाशित गरेको थियो ।
विदुर नगरपालिकाले आर्थिक अबस्था कमजोर भएको भन्दै करार नथप्ने सूचना प्रकाशित भएर हाजिर नहुने जनाएपनि केही कर्मचारी भने करार अवधि पूरा भइसक्दा समेत सरकारी पोषाकमा कार्यालयमा उपस्थित भएर आफ्नो कार्यकक्षमा दिनभर बसेर फर्किएका थिए ।
नगरपालिकाले करारको कर्मचारीको लागी मासिक ४० लाख रुपैयाँ खर्च लाग्ने भएकाले साउन र भदौमा ती कर्मचारीको आवश्यकता समेत नहुने भन्दै त्यसपछि मात्रै खुला प्रतिस्पर्धाको आधारमा निश्पक्ष रुपमा छनोट गर्ने तयारी गरेको छ । विदुर नगरपालिकामा जस्तै, बेलकोटगढी नगरपालिकाले पनि अत्यावश्यक बाहेकका फाँटका कर्मचारीको करार अवधि सक्किएकाले तत्कालै थप नहुने जनाएको छ । बेलकोटगढी नगरपालिकाले पनि आवश्यकताको आधारमा खुला प्रतिस्पर्धा मार्फत निश्पक्ष रुपमा नयाँ कर्मचारी छनोट गर्ने भनेर करार अवधि पूरा भएकालाई सेवा थप नगर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web