३ महिनामा विपदका घटनाबाट १२१ जनाको मृत्यु

असार ३२, २०७९ मा प्रकाशित | 265 views

काठमाडौँ । पछिल्लो तीन महिनामा बाढी, पहिरो, चट्याङ, आगलाजीजस्ता विपदका कारण १२१ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रको तथ्यांक अनुसार १ वैशाखदेखि ३२ असारसम्म विपदका घटनाबाट १२१ जनाको मृत्यु भएको हो ।

यो तीन महिनाको अवधिमा चट्याङका कारण सबैभन्दा धेरै ५० जनाका मृत्यु भएको छ । त्यस्तै आगलागीबाट १९, पहिरोबाट १७ र जनावर आतंबाट १२ जनाको मृत्यु भएको केन्द्रको तथ्यांक छ ।

विपदका घटनाका कारण २ जना बेपत्ता भएका छन् भने २९९ जना घाइते भएका छन् । विपदमा परी एक हजार ४०३ परिवार प्रभावित भएका छन् र ६८ करोड ५२ लाख ४४ हजार ३६० बराबरको क्षति भएको अनुमान गरिएको केन्द्रको तथ्यांक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web