काठमाडौँ । चोभार सुख्खा बन्दरगाहबाट पहिलो पटक नेपाली वस्तु निकासी भएको छ । मंगलबार बन्दरगाहबाट एक ट्रक ऊन फेल्ट डेनमार्क निकासी गरिएको बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।
२२ चैतमा बन्दरगाह सञ्चालनमा आएपछि बन्दरगाहबाट पहिलो पटक वस्तु निकासी भएको प्रमुख भन्सार प्रशासक धनबहादुर बडुवालले जानकारी दिए ।
‘आज डेनमार्कका लागि एक कन्टेनर ऊन फेल्ट निकासीको तयारी पूरा भएको छ,’ बडुवालले भने, ‘आजको निकासी यो बन्दरगाहबाट पहिलो निकासी हो ।’
हालसम्म बन्दरगाह सञ्चालनमा आएपछि १५ वटा कन्टेनरमा ७ करोड ३९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।