मनसुन केही निष्क्रिय, आज र भोलि ठूलो पानी नपर्ने

असार २३, २०७९ मा प्रकाशित | 327 views

काठमाडौँ । मनसुन केही निष्क्रिय रहेकाले आज र भोलि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

बिहान र दिउँसो पानी नपरे पनि बेलुकीपख हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

अहिले मनसुन केही निष्क्रिय रहेकाले आज र भोलि ठूलो पानी नपर्ने तर बर्खाको समय भएकाले बेलुकीपख भने पानी पर्ने उहाँले बताउनुभयो ।

पर्सि शनिवार भने वाग्मती प्रदेशसहित पश्चिमी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । केही दिनयता देशभर नै गर्मी बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web