सङ्घ र प्रदेशको चुनाव मङ्सिर २ गते गर्न प्रस्ताव

असार २२, २०७९ मा प्रकाशित | 373 views

काठमाडौँ । निर्वाचन आयोगले सङ्घ र प्रदेशको चुनाव आउँदो मङ्सिर २ गते गर्न प्रधानमन्त्रीसँग प्रस्ताव गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियासहितको आयोगको टोलीले आज बुधवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मङ्सिर २ गते एकै चरणमा सङ्घ र प्रदेशको चुनाव गर्न प्रस्ताव गरेको हो । आयोगले जटिल मानिएको पालिका चुनाव एकै चरणमा सफलतापूर्वक सम्पन्न भइसकेको अवस्थामा सङ्घ र प्रदेश सभाको चुनाव पनि एकै चरणमा गर्न सकिने बताएको छ ।

जवाफमा प्रधानमन्त्री देउवाले मङ्सिर २ गतेको मिति केही तलमाथि हुन सक्ने तर सरकारले अवधि तलमाथि नपर्ने गरी चाँडै मिति घोषणा गर्ने बताउनुभएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो ।एक सय २० दिनकै अवधि राखेर सरकारले मिति घोषणा गर्ने भन्दै प्रधानमन्त्री देउवाले आयोगलाई आफ्ना नियमित काम जारी राख्न सुझाव दिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web