कप्तान सन्दीप लामिछानेले लङ्का प्रिमियर लिग खेल्ने

असार २२, २०७९ मा प्रकाशित | 411 views

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा स्पिनर सन्दीप लामिछानेले श्रीलङ्काको लङ्का प्रिमियर लिग (एलपीएल) टी–२० क्रिकेट खेल्ने भएका छन् ।

सन्दीपले डम्बुला जायन्ट्सबाट लङ्का प्रिमियर लिग खेल्ने भएका हुन् ।

एलपीएलको ड्राफ्टमा हिजो डम्बुलाले सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो ।

सन्दीपलाई ४० हजार डलरमा डम्बुलाले अनुबन्ध गरेको हो । लङ्का प्रिमियर लिग जुलाई ३१ देखि सुरु हुनेछ । प्रतियोगिता अगस्ट २१ सम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web