महादेव माविका विद्यार्थीलाई उत्सव रिमालले पठाएको छात्रबृत्ति प्रदान

असार २२, २०७९ मा प्रकाशित
Published at असार २२, २०७९

1286 views

कोल्पुटार । बेलकोटगढी नगरपालिका वडा नं. ५ कोल्पुटारमा रहेको महादेव माध्यमिक विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीलाई नगद छात्रबृत्ति प्रदान गरिएको छ । नुवाकोट–अमेरिका सम्पर्क समितिले उपलब्ध गराएको नगद रुपैयाँ वडा नंं ५ का वडाध्यक्ष मदन भुजेलले विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक रुपमा कमजोर रहेको भनेर विद्यालयले सिफारिस गरेका ११ जना विद्यार्थीलाई मंगलबार नगद प्रदान गरिएको हो ।

विद्यार्थीलाई रु.५०० देखि रु.७००० सम्म गरेर रु.२४,००० हजार छात्रबृत्ति प्रदान गर्नको लागी उक्त रकम नुवाकोट अमेरिका सम्पर्क समितिका सदस्य उत्सव रिमालले पठाउनुभएको हो । उहाँको पहलमा यसअघि पनि विभिन्न विद्यालयका जेहेन्दार तथा आर्थिक रुपमा बिपन्न भएका विद्यार्थीको लागी छात्रबृत्ति सहित शैक्षिक, खेलकुद लगायतका सामाग्रि उपलब्ध गराइएको थियो ।

नुवाकोट अमेरिका सम्पर्क समितिका सदस्य उत्सव रिमाले पठाउनुभएको नगद रुपैयाँ उहाँको अभिभावक यदुकुमार रिमाल र नारायण रिमालको उपस्थितमा विद्यालयमा आयोजित एक कार्यक्रमकोबीच वडाध्यक्ष मार्फत विद्यार्थीलाई प्रदान गरिएको हो ।

छात्रबृत्ति पाउने विद्यार्थीको विवरण यस प्रकार रहेको छ :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.