पश्चिमी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने

असार २१, २०७९ मा प्रकाशित | 374 views

काठमाडौँ । मनुसनी गतिविधि पश्चिमी क्षेत्रमा थप सक्रिय भएको छ । यसले गर्दा पश्चिमी क्षेत्रमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि दिउँसो र राति ठूलो पानी पर्ने सम्भावना छ । वाग्मती, प्रदेश-१ र मधेस प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो।

अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम सामान्यदेखि पूर्ण बद्ली भएको छ भने वाग्मती, प्रदेश १ र मधेस प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web