चार देशका राजदूतले लिए सपथ

असार १६, २०७९ मा प्रकाशित
Published at असार १६, २०७९

490 views

काठमाडौँ । विभिन्‍न चार देशका लागि नियुक्त भएका राजदूतहरुले बिहीबार सपथ लिएका छन् ।

कतारका लागि नेपाली राजदूत डा.नरेशविक्रम ढकाल, चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई केही दिनअघि राष्ट्रपति भण्डारीले राजदूत र स्थायी प्रतिनिधिमा नियुक्त गरेकी थिइन् ।

सपथ समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.