मध्ये रातमा आएको पहिरोले उर्लेनीमा घरमा क्षति पुरायो

असार १३, २०७९ मा प्रकाशित | 827 views

त्रिशूली । वर्षासँगै आएको बाढी र पहिरोका कारण नुवाकोटका विभिन्न स्थानका घरहरूमा क्षति पुगेको छ ।
भलबाढीको कारण बगेको पहिरोले तादी गाँउपालिका वडा नं. १ रामकुमार ओझा घरमा पहिरोले क्षति पुराएको छ । आइतबार राती माथीबाट आएको पहिरोले घरमा क्षति पुराउदा घरमा रहेका मानिसहरु भनेर बाहिर निस्कन सफल भएको स्थानीय समाजसेवी सुनिल ओझाले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार घरमाथीबाट आएको घरमा क्षति पुराउदाँ लत्ताकपडा, अन्नपात लगायतमा क्षति पुराएको छ । पहिरो पुराएको क्षतिको उद्धार गर्न, पीडितको लागी उचित बाँसस्थानको व्यवस्था गर्न र आगामी दिनमा दीगोरुपमा नयाँ स्थानमा बाँसस्थानको लागी पहल गर्न गाँउपालिको अध्यक्ष सन्तमान तामाङले मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
वडा र पालिका मार्फत पीडितलाई तत्कालको लागी अस्थायी बाँसस्थान बनाइएको छ भने पहिरोको जोखिम कायमै भएकाले घरमा पुरिएका सामाग्रिहरु भने निकाल्न कठिनाई देखिएको इलाका प्रहरी कार्यालय खरानीटारले जनाएको छ । पीडित परिवारको आर्थिक अबस्था कमजोर भएकाले स्थानीयबासीबाट तत्कालको लागी सहयोग उपलब्ध भएपनि प्रशासन, रेडक्रस सोसाइटी लगायतका दाताहरुबाट सहयोगको अपिल गरिएको छ ।

तस्वीर सौजन्य : सुनिल ओझा, उर्लेनी ।।

No description available.

No description available.

May be an image of outdoors

May be an image of outdoors

No description available.

May be an image of 2 people and outdoors

May be an image of outdoors

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web