नेपालले अमेरिकालाई पठायो एसपीपीमा सहभागी नहुने जानकारीसहितको पत्र

असार १३, २०७९ 2022-06-27 मा प्रकाशित
Published at 2022-06-27

434 views

काठमाडौँ । नेपालले अमेरिकालाई स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा आबद्ध नहुने जानकारीसहितको पत्र पठाएको छ ।

आज साेमवारको राष्ट्रिय सभाको बैठकमा गृह मन्त्री बालकृष्ण खाणले एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको जानकारी दिनुभयो । अमेरिकी र नेपाली सेनाको बीचमा सहयोग आदानप्रदानको सन्दर्भमा स्टेट पार्टनरशिप प्रोग्राम अब के हुन्छ भनेर गम्भीरतापूर्वक छलफल र बहस भएपछि मन्त्रिपरिषद्ले नै अगाडि बढाइने छैन भन्ने निर्णय गरेपछि त्यो निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरीकालाई पठाइएको खाणले बताउनुभयो ।

यही असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो । त्यही दिनको बैठकले अमेरिकी सरकारलाई पत्र लेखेर एसपीपीमा सहभागी नहुने भनेर जानकारी गराउने निर्णय पनि गरेको थियो । सरकारले निर्णय गरे पनि अमेरिकालाई पत्र नलेखेको भनी सदनभित्र र बाहिरबाट दबाब परिरहेका बेला सरकारले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई एसपीपीमा आबद्ध नहुने निर्णयबारे जानकारी दिन औपचारिक पत्र पठाएको हो । एसपीपीसँगै जोडिएर आएको प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे भने सरकारले केही जानकारी दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.