लोक सेवा विधेयक संघीय संसदबाट पारित

असार १२, २०७९ मा प्रकाशित | 275 views

काठमाडौँ । संघीय संसदले लोक सेवा आयोग सम्बन्धी विधेयक पारित गरेको छ ।
२०७६ भदौ २५ मा प्रतिनिधिसभामा पेश भएको यो विधेयक प्रतिनिधिसभाबाट २०७७ असार ९ मै पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएर गएको यो विधेयकलाई राष्ट्रिय सभाले २०७८ भदौ २८ मा पारित गरेको थियो ।

आज आइतबार राष्ट्रियसभाले संशोधन सहित पारित गरेको विधेयकलाई स्वीकार गरेको हो । प्रतिनिधिसभामा उत्पत्ति (पेश) भएको विधेयकलाई पारित गरेर पठाएको भए पनि राष्ट्रिय सभाले गरेको संशोधनलाई प्रतिनिधिसभाले फेरि स्वीकार गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

यही व्यवस्था अनुसार आइतबार प्रतिनिधिसभाको बैठकले राष्ट्रियसभाले गरेको संशोधनलाई स्वीकार गरेको हो । योसँगै लोक सेवा आयोग सम्बन्धी विधेयक संघीय संसदबाट पारित भएको छ र संसद भित्रको कानुन निर्माणको प्रक्रिया पूरा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web