एएफसी एसियन कप छनोटमा इन्डोनेसियासँग नेपाल पराजित

असार १, २०७९ मा प्रकाशित
Published at 2022-06-15

204 views

काठमाडौँ । एएफसी एसियन कप छनोटमा नेपाल इन्डोनेसियासँग ७–० गोलले पराजित भएको छ ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो अन्तिम खेलमा फराकिलो गोल अन्तरसहित हार बेहोरेको हो ।

कुवेतको जाबिर अल अहमद मैदानमा नेपालले पहिलो हाफमा २ र दोस्रो हाफमा थप ५ गोल खायो । सुमन अर्यालले खराब ट्याकल गरेपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो । पहिलो खेलमा नेपाल जोर्डनसँग २–० र दोस्रो खेलमा कुवेतसँग ४–१ ले पराजित भएको थियो ।

छनोटका ३ खेलमा नेपालका लागि एक मात्र गोल दर्शन गुरुङले कुवेतसँगको खेलमा गरेका थिए । यो समूहमा ९ अङ्कका साथ जोर्डन शीर्षस्थानमा, ६ अङ्कसहित इन्डोनेसिया दोस्रो र कुवेत ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । नेपालले अङ्कविहीन हुँदै छनोटको यात्रा अन्त्य गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.