पहिरोले घर पुरिँदा एक जना बेपत्ता

जेष्ठ २७, २०७९ मा प्रकाशित | 461 views

धादिङ । धादिङकाे त्रिपुरासुुन्दरी गाउँपालिका-५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् ।

पहिरोले घर पुरिएपछि ५५ वर्षीय सीताराम भनिने नेत्रप्रसाद खाण हराउनु भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सूचना अधिकारी राम थापाले जानकारी दिनुभयो।

गएरातिकाे अविरल वर्षाले घरमाथि सडक खनेर थुपारिएको माटोको ढिस्कोसहित ल्याएकाे लेदोले घर पुरिएकाे प्रहरीले जनाएकाे छ ।

घरका अन्य सदस्य अर्को घरमा भएकाले उनीहरु सकुशल रहेका छन् । खाणको अवस्था भने पत्ता लागेको छैन ।

ठूलो पहिरोले घर पुरिएको कारण उद्धारमा समस्या भइरहेकाे प्रहरीले जनाएकाे छ । स्थानीय नागरिक, समाजसेवी र नेपाल प्रहरीकाे सहयाेगमा उद्धारकार्य भइरहेकाे छ ।

घटनास्थलमा डाेजर जान नसकेको र थप उद्धार टोली आवश्यक भएको नेपाल रेडक्रस सोसाइटीका सभापति नारायण तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web