१५ सय जनाभन्दा धेरैले गोसाईंकुण्ड मेला भरे

जेष्ठ २६, २०७९ मा प्रकाशित | 418 views

रसुवा । गङ्गादशहराको अवसरमा लागेको गोसाईंकुण्ड मेलामा १५ सय जनाभन्दा बढी तीर्थयात्री आएका छन् । गोसाईंकुण्ड क्षेत्र विकास समितिका अनुसार १० दिनसम्म सञ्चालन भएको मेलामा यो सङ्ख्यामा तीर्थयात्री आएका हुन् ।

यसअघिका दुई वर्षमा कोभिड–१९ कारण मेला सञ्चालन नभएकोमा यस पटक भने मेला सञ्चालन गरिएको हो । समितिका अध्यक्ष संजिव डिएमले बताउनुभयो । जनैपूर्णिमाको तुलनामा गङ्गादशहरामा गोसाईंकुण्डमा कम सङ्ख्यामा तीर्थयात्री आउने गरेका छन् । यस पटक मेलामा एक हजार ८५ जना जिल्लाबाहिरका र ५३ जना विदेशी आएका छन् । यो टिकट काटेर गोसाईंकुण्ड गएका तीर्थयात्रीको सङ्ख्या हो । टिकट नकाटी आएका तथा जिल्लाबाट गएको सङ्ख्या हेर्दा १५ सयभन्दा बढी हुने सतितिका अध्यक्ष संजिव डिमएको भनाइ छ ।

कोभिड–१९ को जोखिम कम भएको र पदमार्गमा समस्या नभएको कारण यस पटक मेला सञ्चालन भएको हो । धार्मिकस्थल गोसाईंकुण्ड जानका लागि धुन्चे–गोसाईंकुण्ड, ठाडेपाटी–गोसाईंकुण्ड, यार्सा–गोसाईंकुण्ड र सागरकुण्ड–गोसाईंकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् ।

पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आएर भगवान् शिवले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गङ्गाजल अर्थात् त्रिशूलधाराको उत्पति भइ त्यही पानीबाट गोसाईंकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web