नुवाकोट । वेलकोटगढी नगरपालिका वडा ३ निवासी क्यान्सर पिडित राज कमल गुरूङलाई वेलकोटगढी नगरपालिकाको प्रमुख जगत बहादुर गुरुङले व्यक्तिगत रूपमा पचास हजार सहयोग हस्तान्तरण गरेका छन् ।
नगरप्रमुख जगत गुरुङले आज ब्लड अस्पताल ललितपुरमा क्यान्सरको उपचार गरिरहेका राज कमलको स्वास्थ्य अवस्थाको जानकारी लिदै निजको सु–स्वास्थ्यको कामना सहित निजको बुवा पुर्ण बहादुर गुरूङलाई नगद प्रदान गरी,अन्य सहयोगी हातहरूलाई पनि सहयोगको लागि अनुरोध गरेका छन्।
बिगत लामो समयदेखि स्थानीयको सुखदुःखमा सहभागी हुँदै समाजसेवामा अब्बलता प्रस्तुत गर्दै आएका मेयर गुरूङले आर्थिक अभावमा उपचार गर्न नसेको अन्यलाई समेत सहयोग गर्दै आइरहेका छन् ।
24.12¡ÆC