सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउँछौँ : मेयर साह

जेष्ठ २०, २०७९ मा प्रकाशित | 265 views

काठमाडौँ । काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिनुभएको छ ।

डेपुटी मेयर सुनिता डंगोलसहित आज शुक्रवार बिहान काठमाण्डाैकाे फोहर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्र ममा स्थानीयवासीको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताउनुभएको हो । त्यसका लागि आफूले विज्ञहरूसँग आवश्यक छलफल गरेको पनि उहाँले बताउनुभयो । मेयर साहले तीन महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहर व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

मेयर साहले फोहर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहर छुट्टयाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाण्डाैवासीको घरघरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गर्नुभयो । त्यस अवसरमा उहाँले तत्कालका लागि भने काठमाण्डाैमा थुप्रिएको फोहर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयवासीसँग आग्रह गर्नुभयो ।

मेयर साहले आफ्नो पहिलो प्राथमिकता काठमाण्डाैकाे फोहरबाट सिर्जित समस्या समाधान गर्नुरहेको पनि पटक–पटक दोहोर्‍याउनुभयाे । स्थानीयवासीले भने आफूहरूको माग सम्बोधन नगरेसम्म काठमाण्डाैकाे फोहर विर्सजन गर्न दिन नसकिने अडान राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web