सार्वजनिक गाडीको भाडा घट्यो

जेष्ठ २०, २०७९ मा प्रकाशित | 290 views

काठमाडौँ । सार्वजनिक यातायातको भाडा घटेको छ । डिजल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेपछि गाडी भाडा पनि घटेको हो ।

यातायात व्यवस्था विभागले गाडी भाडा समायोजन गरेर भाडा सूची सार्वजनिक गरेको छ । नेपाल आयल निगमले गएरातिदेखि पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको हो । विभागका अनुसार यात्रुवाहक गाडीको भाडा २ प्रतिशतले घटेको छ ।

यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा २ दशमलव ६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा २ दशमलव ९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web